October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सोरु जिप दुर्घटना अपडेट: घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगियो

  • सेती कर्णाली खबर
  • बुधबार, साउन ३१, २०८० 0५:४२
सोरु जिप दुर्घटना अपडेट: घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगियो

मुगु । मुगु जिप दुर्घटनामा घाइते भएकाहरूलाई थप उपचार गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको छ ।

सोमबार ४ बजे भएको जिप दुर्घटनामा परि घाइते भएका चार जनाको जिल्ला अस्पताल मुगुमा प्रारम्भिक उपचार भएको भएपनी अस्पतालमा सिटि स्क्यान लगायतका मेसिन नहुँदा समस्या र जटिलता पहिचान गर्न चिकित्सकहरूलाई कठिनाइ भएपछि घाइतेहरूलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगन्ज लगिएको हो ।

वर्षाको पानीले कणाली राजमार्ग अन्तरगत गोठीजिउला – गमगढी सडक खण्डको ठाउँ ठाउँमा पहिरो गएको र रारा विमान स्थलमा नेपाल नागरिक उडडेन प्राधिकरणको निर्णयले हवाई सेवा दिउसो सञ्चालनमा नरहेकाले घाइतेहरूको हेलिकप्टर मार्फत थप उपचार गर्न हेलिकप्टरको व्यवस्था मिलाइएको मुगु जिल्लाबाट सङ्घीय सांसद ऐन बहादुर शाहीले जानकारी दिए ।

जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि घाइते चारै जना लाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पहल गर्न जिल्ला अस्पताल मुगुबाट मङ्गलवार जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्र लेखेर जानकारी गरिएपछि सोही पत्र आफूले गृह मन्त्रालय,सङ्घीय सांसद,प्रदेश सांसदहरूलाई आवश्यक पहलका लागी पठाएको र उहाँहरूको पहलमा घाइतेहरूको थप उपचार गर्न नेपाल सरकारले हेलिकप्टरको व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

घाइतेहरूको टाउकोमा चोट देखिएकाले सिटिस्क्यान मेसिन नहुँदा उनीहरूको टाउको चोट कत्तिको छ भन्ने थाहा नभएको जिल्ला अस्पताल मुगुका डाक्टर नहकुल शाहीले बताए । उनका अनुसार अनुसार टाउको सर्पोटका लागि आवश्यक सरभाईकल कोलर र स्पाईलल ब्याक सर्पोट नहुँदा कार्टुनको प्रयोग गरेर भएपनि उपचार गरिएको थियो ।

सोमबार भएको जिप दुर्घटनामा सवार ९ जना मध्य हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थरका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियारको मृत्यु भएको थियो भने मुगुको सोरु गाउँपालिका वडा नम्बर–५ का वडा सदस्य लोकजंग नेपालीको उपचार गर्न जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको थियो ।

दुर्घटनामा मुगु सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही,सोरु ६ कै सेरे रोकाया र हुम्ला सिमिकोट–२ का उजिर बोहोरा गम्भीर घाइते भएका थिए ।

सोरु गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीका लागि छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोरु गाउँपालिका ७ चिप्लेगौंडामा सोमबार अपराह्न ४ बजे तिर दुर्घटना भएको थियो ।स्रोत- janatamedia.com

  • सेती कर्णाली खबर
  • बुधबार, साउन ३१, २०८० 0५:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट