October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अविरल बर्षाले गर्दा भल पसेर आधारभुत विधालयमा क्षति

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २८, २०८० १३:४७
अविरल बर्षाले गर्दा भल पसेर आधारभुत विधालयमा क्षति

संगिता तिमिल्सिना २८ असार बाजुरा  अविरल वर्षाले गर्दा  भल पसेर बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे छ । बुधबार साँझ अविरल बर्षासंगै आएकाे भलले लेतो बगाएर बुढीनन्दा नगरपालिका वडा नं ५ मा रहेकाे बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे हाे ।
विद्यालयमा साेहि वडाकाे काप्काेेट हुँदै ताडी घाेडाकाेट जाने सडक डाेजरद्वारा कटान गरी आवश्यक ठाउमा ग्याबिन नहाल्दा सडककाे माटाे ढुङ्गा खाेल्सेरा हुँदै विधालयमा आई दुईवटा भवनमा ठुलाे क्षति भएकाे विद्यालयका प्रधानाध्यापक बिष्णु पाध्यायले सेतीकर्णाली खबरलाई बताइन । माथी डाेजरले सडक कटान गरेकाे र तल विद्यालय रहेकाले सडक छेउमा आवश्यक ठाँउमा ग्याबिन नहाले पुरै विधालय जाेखिम मा हुने पनि प्रधानाध्यापक पाध्यायले बताइन् । साथै प्रधानाध्यापक पाध्यायले यसकाे व्यवस्थापनमा सराेकारवालाकाे ध्यान जानुपर्ने पनि बताएकी छन् ।
जथाभाबी डाेजर प्रयाेग गरी सडक कटान गर्नाले अधिकांश शैक्षिक संस्थान, सामाजिक संरचना र बस्तीहरू बर्षायाममा संधै जाेखिममा हुने गरेका छन् ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २८, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट