October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधि दल र मञ्जुलाई

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १३, २०८० 0२:४0
जुम्ला–रारा अल्ट्रा म्याराथुनको उपाधि दल र मञ्जुलाई

४९ किलोमिटरको चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवर र मञ्जु रावतले हात पारेका छन्। प्रतियोगिताको पुरुषतर्फ दलबहादुर र महिलातर्फ मञ्जु प्रथम भएका हुन्।
दलबहादुरले निर्धारित दूरी ४ घण्टा ५४ मिनेट १० सेकेन्डमा पार गरे। उनी तेस्रो जुम्ला–रारा म्याराथनमा दोस्रो भएका थिए। ४ घण्टा ५७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गर्दै जुम्लाकै धीर बुढा द्वितीय र ५ घण्टा ८ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै जुम्लाकै शेरबहादुर बुढा तृतीय भए।
५ घण्टा २६ मिनेट ५५ सेकेन्डमा सो दूरी पार गरेर लालचन्द्र रावल चौथो र ५ घण्टा ३३ मिनेट ८ सेकेन्डमा दूरी पार गरेर बहादुर रावतले पाँचौँ स्थान प्राप्त गरेका छन्।
प्रतियोगितामा महिलातर्फ प्रथम भएकी मञ्जुले निर्धारित दूरी ६ घण्टा ६ मिनेट २३ सेकेन्डमा पार गरिन्। दोस्रो भएकी गंगा भण्डारी र तेस्रो भएकी अनिता बुढाले निर्धारित दूरी क्रमशः ६ घण्टा ५४ मिनेट २७ सेकेन्ड र ७ घण्टा ५ मिनेट ४६ सेकेन्डमा पार गरे।
यसैगरी, ७ घण्टा ५५ मिनेट ३९ सेकेन्डमा सो दूरी पार गर्दै उमाकली बुढा चौथौ र ७ घण्टा ५९ सेकेन्ड १५ मिनेटमा दूरी पार गर्दै कुुसाबुुढा रोकायाले पाँचौँ स्थान प्राप्त गरेका छन्।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ पाउँदा चौथो र पाँचौँ हुनेले २०-२० हजार रुपैयाँ प्राप्त गरेका कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले जानकारी दिए।
कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने उद्देश्यसहित हरेक वर्ष कर्णाली खेलकुद क्लबले म्याराथनको आयोजना गर्दै आएको क्लबका प्रशिक्षक हरिबहादुर रोकायाले बताए।

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १३, २०८० 0२:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट