October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा स्थगित भएको पुन:मतदान हुँदा ५९.७५ प्रतिशत मत खस्यो ।

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १०, २०७९ १३:२२
बाजुरामा स्थगित भएको पुन:मतदान हुँदा  ५९.७५ प्रतिशत मत खस्यो ।

मंसिर १० बाजुरा बुढिनन्दा नगरपालिका वडा ५ नन्देश्वरी माबिको मतदान स्थलमा  शान्तिपुर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान प्रक्रिया   पुनः मतदान आज शनिवार सम्पन्न भएको छ ।
९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अबस्थिले वताएका छन् । २ सय ८५ जना महिला र ३ सय १२ पुरुषले मतदान गरेको अबस्थिले वताएका छन् ।     मतदान प्रक्रियाको समयमा सामान्य विवाद समेत नभएर शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको मतदान अधिकृत किरण बिकले बताएकाछन । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आज बिहान ७ बजे देखि सुरु भएर बेलुका ५ बजे सम्पन्न भएको छ।
मंसिर ४ गते २८ मत खसेको थियो । मंसिर ४ गते मतदानकै क्रममा  काँग्रेस र एमाले बिच झड्प हुदा मतपेटिकामा आक्रमण हुन थालेपछि  मतदान अधिकृतले मतदान स्थगित गरेको सुचना टास गरेको थियो । निर्वाचन आयोगले मंसिर १० गते पुन: निर्वाचन गर्ने गरि चुनाव तोकेको थियो ।
शनिवार सम्पन्न भएको मतदान सँगै बाजुरामा मतदान सम्पन्न भएको छ । तर काँग्रेसले ८ वटा मतदान केन्द्र र एमालेले १५ वटा मतदान केन्द्रमा पुन मतदान हुनुपर्ने माग राखेको छ । मतदान केन्द्र कब्जा भएर फर्जि भोट खसाएको एकअर्काले आरोप लगाएको छ ।
केही मतदान केन्द्र कब्जा भएको जानकारी पछि निर्वाचन आयोगको टोलि बाजुरा अनुगमनमा पुगेको छ । आयोगका सहसचिब तुलसि श्रेष्ठको नेतृत्वमा तिन सदस्यि टोलि बाजुरा पुगेर छानबिन गरिरहेको छ । राजनितिक दल, मतदान अधिकृत, सुरक्षा प्रमुखलाइ भेटेर मतदानको बारेमा बुझिरहेको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १०, २०७९ १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट