October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

धनगढीमा गोपाल हमाल (गोपी) को मत दोब्बरले अग्रता

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ६, २०७९ 0२:२८
धनगढीमा गोपाल हमाल (गोपी) को मत दोब्बरले अग्रता

६ जेठ, धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी)ले निरन्तर अग्रता लिइरहेका छन् ।

४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यो दोस्रो स्थानमा रहेका ओडको भन्दा दोब्बरले बढी हो । कांग्रेसका ओडले जम्मा ९ हजार ५५७ मतमात्रै पाएका छन् ।

मेयरमा तेस्रो स्थानमा रहेका नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ । माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई एमालेकी कन्दकला रानाले ८१४१ मतका साथ पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५०३६ मत पाएका छन् ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ ६, २०७९ 0२:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट