October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

दशरथ चन्द नगरपालिकामा नेता भट्टको उम्मेदवारी

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १४, २०७९ 0२:५४
दशरथ चन्द नगरपालिकामा नेता भट्टको उम्मेदवारी

 

राजेन्द्र  जोसी बैतडी– जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् ।

गुरुखोलाकोे समग्र विकासका लागि युवाको आवश्यकतालाई मध्यनजर गर्दै  विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्येश्यले उनले पुनः उम्मेदवारी दिएको भट्टले बताएका छन ।

वडामा सुशाशन कायम गरी शिक्षा, स्वास्थ्य, खानेपानी र यातायात तथा जनताका आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै पुन: उम्मेदवारी दिएको उनको भनाई छ।

हाल मनोनयन दर्ता पछि उनी चुनाबी प्रचार प्रसारमा रहेको भट्टले बताए।

भुवन भट्ट नेपाली काँग्रेस दशरथचन्द नगरपालिका नगर सभापति र २०७४ सालको चुनावमा निर्वाचित वडा अध्यक्ष पनि हुन ।

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १४, २०७९ 0२:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट