July 4, 2026 | शनिबार, असार २०, २०८३

विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम सम्पन्न

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज ३, २०८० 0५:३६

३ भाद्र ,बाजुरा  विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम बाधु माध्यामिक विधालयमा सम्पन्न भएको छ।दुई दिने अभिमुखिकरण तालिमको आयोजना बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्वर १मा रहेको बाधु माबिमा गरिएको हो सो अभिमुखिकरण तालिमको प्रधानाध्यापक नैन बहादुर कार्कीले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम सहजिकरण आइ डि यश नेपालका जिल्ला संयोजक प्रेम प्रसाद खनाल र बाँधु स्वास्थ्य चौकि प्रमुख लक्ष्मि बुमिले गर्नुभएको थियो।

मुख्यरुपमा विधालय स्वास्थ्य तथा पोषण कार्यक्रम उद्धेश्य तथा रणनीति
जुकाको औषधि , आइरन फोलिक एसिड,विधार्थिहरको प्रारम्भिक स्वास्थ्य चेकजाँच, विधालयमा प्रयोग गरिने हाँजिर रजिस्टर, प्राथमिक उपचार बाकस र महिनावारी स्वच्छता सम्बन्धि छलफल तथा अभिमुखिकरण गरिएको थियो । पाँचवटा बिधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुको उपस्थिति थियो । पालिकाका सुपरभाइजर हरुको पनि उपस्थिति रहेको थियो ।

  • सेती कर्णाली खबर
  • बुधबार, अशोज ३, २०८० 0५:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।