–दयालबहादुर शाही सिक्किमले सार्वभौमिकता र स्वतन्त्र अस्तित्वबाट एकैसाथ हात धोयो । किनकी त्यहाँका जनताले जाबो एकथान लेण्डिुप दोर्जेलाई समयमै चिन्न र दण्डित गर्न सकेनन् । आधा दर्जन लेण्डुप दोर्जेहरुको कहर खेपेर पनि नेपाल जोगियो र जोगिन सक्छ । किनकी नेपाली जनताको चेतनाको स्तर निकै उच्च छ । आजको विश्व व्यवस्थाका खेलाडीहरु नेपालको हिम्मत देखेर हैरान […]
बाजुरा- जिल्लाको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न ७ बजे देखी सुरु भएको मतदानमा ३७ दशमलव ३६ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखी ११ बजे सम्मको मतादन तथ्याङ्कअनुसार ३७ दशमलव ३६ प्रतिशत मत खसेको जिल्ला निर्वाचान कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले बताएका छन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर […]
काठमाडौं — अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार/पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ । येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालेरी, कनेक्टिकट, संयुक्त राज्य अमेरिकाबीच सहमति भएको हो । नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त […]
काठमाडाैं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक शुरू भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको एकल वार्ता सकिएलगत्तै दुई देशका प्रतिनिधिबीच हैदरबाद हाउसमा भेटवार्ता भएको जारी रहेकाे बताइएकाे छ । बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नुभएकाे छ ।
उमेश जङ्ग शाही बाजुरा, विश्वव्यापी मौद्रिक सप्ताह (ग्लोवल मनि वीक) अन्तरगत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । हिमालयन बैंकले गाउँपालिकाको वडा नं. ४ स्थित स्वामीकार्तिक माध्यामिक विद्यालयमा सो बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । ग्रामिण क्षेत्रमा बित्तीय सचेतना अभिबृद्धि गर्नका लागी सामाजिक उत्तरदायित्व अन्र्तगत देशब्यापी रुपमा यस्ता […]
वैशाखमा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले आपत्ति जनाएका छन्। निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७८ को २६ औं बुँदामा जनप्रतिनिधिहरू उम्मेदवार हुने हो भने मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने उल्लेख छ। उक्त आचारसंहिताबारे एमालेका नेताहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीले चुनावअघि राजीनामा […]
काठमाडौँ, माघ ११ गते । वि.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् । त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक […]
काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग […]
काठमाडौं । विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ । केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय […]
काठमाडौँ, माघ १० गते । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित […]