March 12, 2025 | बुधबार, फाल्गुन २८, २०८१

बाजुरामा एक बालिका माथि सामुहिक बलत्कार, तिन जना आरोपित फरार

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ३०, २०८१ १३:३७
बाजुरामा एक बालिका माथि सामुहिक  बलत्कार, तिन जना आरोपित  फरार

बाजुरा—बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका वडा नम्बर ६ की अन्दाजी १६ बर्षीय बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेका हुन् ।

माघ २१ गते साँझ घरनजिकै सडकमा हिड्दैँ गरेकी बालिकालाई जवरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पिडित पक्षले घटना भएको ४ दिनपछि माघ २५ गते सोही ठाउँका तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका थिए । पिडित पक्षले बालिकामाथि बलात्कार गरेको भन्दै सोही ठाउँका अन्दाजी २५ बर्षका मार्सल थापा, २३ बर्षका किरण थापा र ४० बर्षका दिर्घ थापाविरुद्ध जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित तीनै जना अहिले फरार रहेका छन् । बालिकामाथि भएको सामूहिक बलात्कारको बिषयमा आवश्यक अनुसन्धान र फरार रहेका आरोपितहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ३०, २०८१ १३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट