October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

सेतिकर्णाली अनलाइन खबर चौथो वर्षमा प्रवेश

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ७, २०८१ 0४:३४
सेतिकर्णाली  अनलाइन खबर चौथो वर्षमा प्रवेश

सेतीकर्णाली खबर
कार्तिक ७,बाजुराः बाजुरा जिल्लाको (क)प्रदेश बुढिनन्दा नगरपालिका वडा.नम्बर १ कोल्टीमा प्रधानकार्यालय रहेको र कोल्टीबाट अनलाइन प्रकाशन हुँदै आएको उषाकिरण मल्टिमिडिया हाउस प्रालि द्वारा सञ्चालित सेति कर्णाली खबर डटकम ( setikrnalikhabar.com) आजबाट ३बर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ ।। २०७८साल भदौ २५ गतेको दिन देखि प्रकाशन गर्दै आएको भएपनि कम्पनी रजिस्टारको कार्यालयमा कार्तिक ७ गते उषाकिरण मल्टिमिडिया हाउस प्रा.लि. दर्ता भएको हो। तेही दिनलाई वार्षिक उत्सवको रुपमा मनाउने सञ्चालक समितिको निर्णय अनुसार आज वार्षिकोत्सब परेको उषाकिरण मल्टिमिडिया हाउस प्रा.लि.अध्यक्ष तथा सञ्चालक उमेश जङग शाहीले सेतिकर्णाली खबरलाई बताए ।
आज बुधबार देखि ३ वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गरेको हो ।
“सुदुर कर्णालीको समावेसी आवाज”भन्ने मुल नारा सहित प्रकाशन भईरहेको कोल्टी क्षेत्रको पहिलो सेतीकर्णाली अनलाइन खबर ३ बर्ष पुरा गर्दा सुदुर पश्चिम तथा कर्णाली प्रदेशमा लोकप्रिय सञ्चार माध्यमको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । बाजुरा , हुम्ला र मुगुका बिभिन्न सामाजिक ब्यक्तीत्वहरुको साथ र सहयोगमा सञ्चार संस्था उषाकिरण मल्टिमिडिया हाउस प्राइभेट लिमिटेड द्धारा संञ्चालित यस सेतिकर्णाली अनलाइन खबरले विशेष गरि बाजुरा, हुम्ला , मुगु र कालिकोट जिल्लाको विकाशको लागी सञ्चार माध्यमका रुपमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशकामा भईरहेका गतिबिधिहरुको बारेमा खुल्ला रुपमा समाचार समय समयमा इन्टरनेटको माध्यमबाट संसार भरी एकै पटक थाहा पाउने गरि प्रकाशन गर्दै आईरहेको छ ।
सेति कर्णाली खबरले समुदाय स्तरकाबाजुरा, हुम्ला, मुगु र कालिकोटका स्थानीय स्तरका,बिभिन्न गतिबिधिका समाचार,संगै खोजमुलक,अनुसन्धात्मक,र मनोरञ्जनात्मक लगायतका समाचार सामाग्रीलाई उच्च प्राथामिकतामा राखेर सेवा प्रकाशन तथा लाइभ समाचार प्रसारण गरिरहेको अनलाइन खबर सुदुरपश्चिम तथा कर्णाली प्रदेशवासिको मन जित्न सफल भएको छ । सेतीकर्णाली खबरले बिभिन्न समयमा हुने प्राकृतिक विपद्,बाढी,पहिरो,भुकम्प, बिभिन्न संक्रमण लगायतका समयमा महत्वपुर्ण सुचनाहरु प्रवाह गर्ने कार्य संगै अन्याय, अत्याचार, र भ्रष्टाचारको बिरुद्ध खबरदारी गर्दैआइरहेको छ । २०७८ साल भदौ २५ गतेबाट समाचार प्रकाशन गरेको यस अनलाइन खबरले ३ बर्षको समयावधिसम्म सुदुर तथा कर्णाली प्रदेशमा सञ्चार माध्यमको रुपमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ। । बाजुरा, हुम्ला , मुगु र कालिकोटका दुर दराजका आवाज, भोकमरी,अशिक्षा,बिद्युत यातायात,सञ्चार,खानेपानी,सडक लगायत बिभिन्न समस्याहरुको बारेमा अनलाइनखबरले पटक -पटक समाचार,सुचना प्रवाह गरी महत्वपुर्ण काम गर्दै आएको छ ।
३ बर्ष सम्म बिज्ञापनदाता,श्रोता,शुभेच्छुकहरुको साथ र सहयोग पाईरहेको यस सेतीकर्णाली अनलाइन खबरले आगामी दिनमा समेत उत्तिकै साथ र सहयोग पाउने अपेक्षा गरेको छ । अनलाइन खबरले ३बर्ष पुरा गरी ४बर्ष प्रवेश गरेको अवसरमा उषा किरण मल्टिमिडिया हाउस प्रा लिका सञ्चालक समिति अध्यक्ष उमेश जङ्ग शाहीले सबैको साथ सहयोग सर्मथनबाट अनलाइन खबरलाई थप प्रभावकारी बनाएर अगाडी लैजान समेत आग्रह गरेका छन् । अनलाइन समाचारको प्रभावले यस गौरवमय यात्रामा आजसम्म साथ सहयोग गर्ने सम्पुर्ण,बिज्ञापन दाता,श्रोतावर्ग,शुभेच्छुक लगायत सम्पुर्णमा आभार व्यक्त  गरेका छन् । आगामी दिनहरुमा पनि सबैको साथ सहयोग पाइरहने अध्यक्ष शाहीले अपेक्षा गरेका छन् । अनलाइनखबरको स्थापना कालदेखि हालसम्म कार्यरत वर्तमान तथा पुर्ब सम्पादक तथा रिपोर्टर सबैमा अध्यक्ष शाहीले आभार प्रकट गरेका छन् । अहिले सम्म अनलाइन खबरलाई लोक प्रिय बनाउन सहयोग पुर्‍याउने सम्पादक, रिपोर्टर, सञ्चालक समिति , कानुनी सल्लाहकार, व्यवस्थापक र सम्पुर्ण बिज्ञापनदाता, पाठक , स्रोता, दर्शक हरुलाई मिडिया अध्यक्ष शाहीले धन्यवाद दिएका छन।
पछाडी परेका समुदायको समस्यालाई मुख्य प्रथामिकतामा राखेर तिनिहरुका आवाज उठान गर्ने,समाजमा चल्दै आएको बिद्यमान कुरीति,कुसंस्कार,बालबिवाह,बहुविबाह लगायतका कुप्रथा बिरुद्ध सुदुर तथा कर्णालीका नागरीकमा जागरुकता पैदा गर्ने खालका बिषयबस्तुलाई समाचार सेतीकर्णाली खबरले प्रथामिकता दिदै आएको छ । अनलाइन खबरले बिभिन्न समयमा स्थानीय समाचार,राष्ट्रिय समाचार, सुदुर तथा कर्णालीको कला संस्कृति जर्गेना गर्ने खालका समाचार,समसामयिक बहस,लगायतका बिभिन्न जनचेतनामुलक समाचार प्रकाशन गर्दै आईरहेको छ । सेतिकर्णाली खबरलाई लोक प्रिय बनाउन अहोरात्र खटेर एक वर्ष सम्म सेतिकर्णालीखबरको समाचार सम्पादन तथा संकलन गर्ने उमेश रोकायालाई विशेष धन्यवाद अध्यक्ष शाहीले दिएकाछन।

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक ७, २०८१ 0४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट