October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

काठमनण्डाै उपत्यका मा मात्र बाढीपहिराे बाट ३४जनाकाे मृत्यु भए संगै १७जना बेपत्ता भएका छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १२, २०८१ १३:३३
काठमनण्डाै उपत्यका मा मात्र बाढीपहिराे बाट ३४जनाकाे मृत्यु भए संगै १७जना बेपत्ता भएका छन् ।

काठमाडौँ : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेमा  ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा परेका एक हजार ३१५ जनाको उद्धार गरिएको उनले बताए।

बाढीपहिरोबाट काठमाडौँमा चारवटा घर भत्किएका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ। काठमाडौँमा एक हजार ३२४, ललितपुरमा पाँच सय र भक्तपुरमा ४१७ गरी उपत्यकामा दुई हजार २४१ घर डुबानमा परेका छन्।

विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा ३५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज १२, २०८१ १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट