October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

  • सेती कर्णाली खबर
  • बुधबार, साउन २, २०८१ 0८:२0
बुढीगंगाले जेष्ठ नागरिक देखि सफल व्यवसायी र कर्मचारीलाई सम्मान

बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकाले नगर क्षेत्र भित्र रहेका जेष्ठ नगारिक देखि विभिन्न विधामा काम गर्दै आएका सफल व्यवसायी र पालिकाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ ।

नगरपालिकाले समाज विकासमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको हो । पालिकाले घोषणा गरेको वर्ष पुरस्कारका विधाबाट समाज विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कार सहीत सम्मान गरेको हो । गएको वर्षबाट बुढीगंगा नगरपालिकाले बाजुराको विकासमा योगदान गर्ने स्वर्गीय सम्मानीत व्यक्तित्वको नाममा घोषणा गरेको पुरस्कार हरेक वर्ष दिँदै आएको छ । यो वर्षपनि औपचारिक कार्यक्रमका बीच सम्मान गरिएको नगर उपप्रमुख माया कुँवरले जानकारी दिएकी छन् ।

पालिकाले घोषणा गरेको नरसिंह गिरी शैक्षिक सम्मानबाट भक्तबहादुर शाहलाई सम्मान गरेको छ । भने शेर बहादुर शाह समाजसेवा सम्मानबाट मन्तिदेवी जैशी शर्मालाई सम्मान गरेको छ । यस्तै, चेतनदिप ऐडी युवा व्यवसायी सम्मानबाट लालबहादुर सिंह, रत्नाकर जोशी साहित्य सम्मानबाट गीतकार राजेन्द्र शाह बीपीलाई सम्मान गरेको छ । उत्कृष्ट निर्माण व्यवसायीको रुपमा पालिकाले सम्मानबाट सुरत शाह, सम्मानीत भएका छन् । पालिकाले उत्कृष्ट व्यवसायी, कर्मचारी, स्वास्थ्यकर्मी तथा विद्यार्थी नगर सरकारले सम्मान तथा पुरस्कृत गरेको छ । पुरस्कार वितरण तथा सम्मान नगर प्रमुख रामबहादुर बानीयाँले गरेका हुन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, साउन २, २०८१ 0८:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?