July 17, 2026 | शुक्रबार, साउन १, २०८३

पाण्डे संस्कृति पर्यटन मन्त्रीमा नियुक्त,सपथपछि आजै पदभार ग्रहण गर्दै 

  • सेती कर्णाली खबर
  • सोमवार, असार ३१, २०८१ 0६:५0

बाजुरा-  नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभाका सदस्य बद्रीप्रसाद पाण्डे नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त  भएका छन् ।
काँग्रेसका सहमहामन्त्री पाण्डे पहिलो पटक मन्त्री बनेका हुन् । उनी २०७० सालको संविधान सभाको समानुपानिक सांसद,२०७४ मा राष्ट्रिय सभाका सदस्य पनि भइसकेका थिए ।
प्रत्यक्ष निर्वाचन प्रणालीबाट बाजुराबाट प्रतिनिधी सभामा निर्वाचित भएपछि पार्टीको गगन र शेखर कोइराला टिमबाट मन्त्री बनेका हुन् ।
उनले आज नै राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिएको छन् ।
पद तथा गोपनीयताको सपथपछि मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने काँग्रेसका युवा नेता  रुपेश धामीले बताएका छन् ।
विद्यार्थी हुदै राजनितिमा सक्रिय भएका पाण्डे नेविसंघ बाजुरा अध्यक्ष बन्दै सेती अञ्चल केन्द्रीय सदस्य,पिछडिएको क्षेत्रको केन्द्रीय सदस्य र काँग्रेसको १४ औं महाधिवेशनबाट पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा विजयी भएका थिए ।
पार्टीको विभिन्न विभागमा काम गर्दै आएका पाण्डे जिल्लाको हिमाली गाउँपालिका साविकको रुगिन गाविसमा जन्मेका पाण्डे राजनिति  उत्तिकै भूमिका रहेको छ ।
दुर्गम जिल्लाबाट राजनितिमा उदाएका पाण्डेले जिल्ला प्रदेश र केन्द्रमा आफ्नो छवि बनाउदै आएका छन् । राष्ट्रिय राजनितिमा प्रभाव राख्ने पाण्डे मन्त्री नियुक्त भएपछि जिल्लामा नेता तथा कार्यकर्ता शुभचिन्तकहरुले बधाइ ज्ञापन गरेका छन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, असार ३१, २०८१ 0६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  