October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय संयुक्त अनुगमन

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १४, २०८१ १६:५२
आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय संयुक्त अनुगमन

उमेश रोकाया,बाजुरा- आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय सरोकारवालासँगको संयुक्त अनुगमन कार्यक्रम गरिएको छ।

हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय सरोकारवालासँगको संयुक्त अनुगमन कार्यक्रम गरिएको छ। पालिकामा लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिसकेपछि संस्थाले गरेको कामको प्रभावकारी छ कि छैन भनेर स्थलगत अनुगमन गरिएको हो। वडा भित्र वितरण गरिएका कृषि क्षेत्रमा लगानी ट्यान्की, गिफ्ट सेट र ड्रम लगायत सामाग्री सदुपयोग कति भएको वा नभएको हेर्न सरोकारवाला बीच अनुगमन गरिएको आई.एन.एफ. संस्थाका टिम लिडर गणेश दत्त खटिकले बताएका छन।

धिम गाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा पालन, पानी भर्ने ड्रम कृषि क्षेत्रमा लगानी अनुसार ट्यान्की र तरकारी खेती उत्पादन सहित धारा निर्माणकार्य सम्पन्न गरिएका कामहरू स्थलगत अनुगमन गरेका छौँ। संस्थाले लगाएको लगानी अनुसार सकारात्मक प्रतिफल आएको छ। पानी खाने धारा र सिचाइ टेन्की सिमेन्ट जिआइ पाइप उपलब्ध संस्था मार्फत गरिएको हो। भने बाकी कृषि समूहले श्रमदान गरेर बनाएको हुन। वडामा ९ वटा कृषि समुह परिचालन गरिएका छौ। एक समुहमा २ लाख ४५ हजार बचत गरेर पुगेको छ। पालिका भरी ७४ वटा कृषि समुह रहेकोे खटिकले बताएका छन।

वडामा रहेका अपांगता बारेमा जनचेतनामूलक कार्यक्रम र बाख्रा वितरण गरिएको त्यसलाई व्यवस्थापन कसरी गरिएको छ। सबै कामलाई मध्यनजर गरेर हेरफेर गरेका छौ। कृषि क्षेत्रमा लगाएको लगानी अनुसार तरकारी उत्पादन राम्रो भएको छ। उत्पादन भएको तरकारी बिधालय पुर्‍याउने गरेको छ। पहिला धेरै तरकारी उत्पादन गर्न काम धेरै भयो त्यसपछि फलाएको तरकारी बजार नपाउदा कुहिने खेर जाने हुँदा अहिले कम उत्पादन गरेको छु। आ.एन.एफ. संस्थाले सहयोग रामै पाएका छौ। महिनाको १४ हजार दरले वर्षमा १ लाख ४४ हजार जति तरकारी खेतीबाट आमदानी भएको छ। कृषि फार्ममा अहिले १ जनालाई रोजगार समेत भएको कृषक विर्ख मल्लले बताए।

कृषि क्षेत्रमा उत्पदन राम्रो गर्दै जाने र जति उत्पादन भयो त्यसको बजारीकरणका लागि फलफूल संकलन केन्द्र र शीत गृह भवन बनाइसकेका छौँ । त्यसमा संकलन गर्ने खबर पालिका कृषि शाखामा जानकारी हुने बित्तिकै बजारीकरण गर्ने कृषि एम्बुलेन्स द्रारा बजार सम्म पुर्‍याउन सहयोग गरिने कृषि विकास शाखा प्रमुख टोप बहादुर शाहीले बताएका छन।

वडामा भएका सामुदायिक भवन निर्माण जति छन। खासै भएको भवन सदुपयोग नभएको देखिन्छ। आवश्यकता अनुसार काम गर्न सकिन्छ। निर्माण भएका योजना पनि व्यक्ति योजना खालको भएको जस्तो हुँदा समस्या आएको छ।सबै संगै बसेर एकरुपता भएर काम गरि योजना छनोट गरेर पालिकामा पेश गरियो भने पालिकालाई योजना हाल्न सक्ने हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताए। आर्थिक अवस्था कम्जोर भएको कृषकलाई कृषि क्षेत्रमामा सहयोग गर्दा उत्पादन राम्रो खालको हुने भएको छ। गाउँमा रहेकोे नमुना कृषि फर्मलाई धेरै धन्यवाद समेत दिएको छ। अपाङ्ग परिचयपत्र बनाउनु पर्‍यो भने हामी त्यसमा सहयोग गर्न तयार छौँ। पालिकामा कृषि क्षेत्रमा लगानी अनुसार काम धेरै भयो त्यसको प्रतिफल आउन सकेको छैन। विभिन्न सीप मुलक तालिम पालिकाले दिएर पनि प्रयोगमा आएका छैनन्। आगामी दिनमा समन्वय गरिए सहयोग गर्न तयार भएको उपाध्यक्ष सार्कीले बताए।

हामीले अपाङ्ग व्यक्ति भएका घ र ग वर्गका व्यक्तिलाई समान गर्नुपर्छ भन्ने उद्देश्यले मासिक २ सय दिने गरेका छौ। अपांग भएका व्यक्तिहरुलाई डाटा संकलन गर्ने सबै पालिका भरीका डाटा तयार भयो त्यसका लागि पालिकाबाट अपाङ्ग परिचयपत्र बनाउने शिविर लागि पहल गरौंला। जनप्रतिनिधि जनताका हौं पैसा जनताका हुन हामीले नेतृत्व गर्ने काम मात्र हो। सबै राज्यको ढुकुटी हो। गाउँमा बनाएका सामुदायिक भवन सबैले प्रयोग गर्न सकिन्छ। भएको सामुदायिक भवनलाई सदुपयोग गरि थप चाहिने खानेपानी, शौचालय र बाटो बनाउन काम हामी हल गर्छौ। कृषि क्षेत्रमा भेडा बाख्रा व्यवसायी रूपमा लाग्नुहोस। उन्नत जातका बोका चाहिने हो भने हामीले गर्न सक्ने सहयोग गरिने छ। कृषि क्षेत्रमा चाहिने सामाग्री पालिकाले सहयोग गर्न तयार भएको हिमाली गाउँपालिक अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

कृषि प्राविधिक चाहिने भए पालिकाबाट कृषि प्राविधिक व्यवस्था गर्छौ। फलफूल तथा तरकारीलाई बजारीकरण गर्न शीत गृह भवन रस्टिक केन्द्र र फलफूल केन्द्र भवन निर्माणकार्य सम्पन्न गरिएको छ। असिजनमा तरकारी उत्पादन गरियो भने बिक्रीवितरण लागि बजारमा एक दिन स्थानीय तरकारी बिक्री गर्न निर्णय गरौंला। पालिकाको सबैभन्दा कृषि क्षेत्रमा लगानी गरिएको छ। अझै केही अगुवा कृषकलाई सहयोग गर्न सकिन्छ। त्यसका लागि हामी तयार छौँ। राज्यको लगानी जति गरेपनि गाउँमा देखिएको छैन। पालिकामा आई.एन.एफ. नेपाल बाजुरा शाखा सहयोग गरे भन्दा १०० गुणा सहयोग गरेको छौँ। खासै लगानी अनुसार परिमाण फलस्वरूप देखिएको छैन। किन भने सबै स्थानीयले पाउनु पर्छ उद्देश्यले सहयोग गरिएको हुन्छ। सदुपयोग भएको नदेखिएको अध्यक्ष मल्लले बताए। कृषि क्षेत्रका लागि आकाशे ट्यान्की समुहबाट निर्णय गरेर आएपछि पालिकाबाट सहयोग गरिन्छ। वडामा भएका दुईवटा सामुदायिक भवन त्यसलाई सदुपयोग गरियो भने यहाँका स्थानीयलाई सहयोग बन्ने वातावरण रह्नने अवस्था समेत छ।

गाउँमा पुगेर कृषि र अपाङ्ग समुह बीच अन्तक्रिर्या कार्यक्रम गरेको हो। यसबाट धेरै कुरा सिकाउने अवसर भयो। जुन क्षेत्र भित्रका कामलाई बलियो प्रभावकारी हुने भएको छ। अनुगमन कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्की, प्रबक्ता भिमान्द पाण्डे वडा नम्बर ६ वडा अध्यक्ष प्रेमलाल भण्डारी, कृषि शाखा प्रमुख टोपबहादुर शाही आई.एन.एफ. संस्था सहायक महिला विकास अधिवक्ता सम्झना परिवार र टिम लिडर गणेश दत्त खटिक सहित कृषि समुह र अपाङ्ग टिम लगायत सहभागिता आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय सरोकारवालासँगको संयुक्त अनुगमन कार्यक्रम गरिएको संस्थाका टिम लिडर गणेश दत्त खटिकले बताए।

  • सेती कर्णाली खबर
  • शुक्रबार, असार १४, २०८१ १६:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट