October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अर्घाखाँची सेवा समाज कतारले पायो नयाँ नेतृत्व : अध्यक्षमा कुँवर 

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ २७, २०७९ 0७:३८
अर्घाखाँची सेवा समाज कतारले पायो नयाँ नेतृत्व : अध्यक्षमा कुँवर 

छम बहादुर चन्द(शुलभ)दोहा -अर्घाखाँची सेवा समाज कतारको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

“प्रवासमा अर्घाखाँची वासीहरु एक हौं, नेपाली समाजका लागी सहयोग गरौं” भन्ने उदेश्यका साथ सन : २००६ मा स्थापना गरिएको समाजको अधिबेशन दोहा स्थित शालिमार होटेलको सभाहलमा सम्पन्न भएको हो ।

समाजका अध्यक्ष टेकराज थापाको सभापतित्व तथा नेपाली दूतावास दोहा कतारका श्रम सहचारी तथा गृह जिल्ला बासी कृष्ण प्रसाद खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली दूतावास कतारका द्वितीय सचिव प्रवीण भट्टराई, एनआरएनए आइसिसीका विभिन्न तह तप्काका पदाधिकारीहरू, एनआरएनए एनसिसी,समाजका संरक्षक क्रान्ति सिंह, प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, सल्लाहकार द्वय केदार भुसाल र राम प्रसाद पराजुली लगायत कतारमा स्थापित विभिन्न वैचारिक सङ्घ संस्था, सामाजिक, संस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी लगायत थुप्रै जिल्लावासीहरूको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन,तथा व्यानर उट्घाटन गर्दै औपचारिक रुपमा सुचारु गरिएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष बिष्णु बहादुर कुवँरले स्वागत मन्तव्य राखेका थिए भने कलाकार सन्ध्या अर्यालले स्वागत नृत्य राखेकि थिइन ।

छैटौं अधिबेशनले मालारानी ५ बागी निवासी प्रथम उपाध्यक्ष विष्णु बहादुर कुँवरको नेतृत्वमा १७ जनाको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा बलाराम पाण्डे, द्वितीय उपाध्यक्षमा नेत्र प्रसाद आचार्य, महासचिवमा अनिल परियार , सचिवमा तिलक घिमिरे, कोषाध्यक्षमा शोभाखर भुसाल, सह–कोषाध्यक्षमा कृष्ण बस्नेतलाई चयन गरिएको छ । त्यसै गरी कार्यसमितिका सदस्यहरूमा अनमोल परियार, शोभाखर क्षेत्री, परशुराम बेल्बासे, नारायण घिमिरे, गणेश गैरे, गोपाल बेल्बासे, जनक खड्का, बाबुराम खड्का, तिलक राम भुसाल, मधु अधिकारी रहेका छन् । नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक केदार भुसालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले आफू पनि अर्घाखाँचीकै भएको, कतारमा नियोगमा रहेर कार्यसम्पादन गरी रहँदा र घरकै कार्यक्रममा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । खनालले अर्घाखाँची जिल्ला पर्यटनको हिसाबले अगाडि रहेपनि प्रचार प्रसारको कमि रहेको बताए । जिल्ला बासीले गर्ने हरेक कार्यक्रममा उत्कृष्ट पर्यटन स्थललाई समाबेश गर्दै प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा निमन्त्रणा गरेर आफ्ना भनाइ राख्न मौका दिएकोमा र सम्मान प्रती कृतज्ञता प्रकट गर्दै आउने नयाँ कार्यसमिति अझै चुस्त, दुरुस्त बनोस र जिल्लाको बिकासको निम्ति एकढिक्का हुन आग्रह गर्दै आफ्ना भनाइ राखेका थिए ।

अधिबेशनमा उपस्थितलाई आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्ने कलाकारहरूमा शान्ति ओली, रेबीका तामाङ र सुरेश बिसी लगायतका थिए भने सबै कलाकार र विभिन्न विशिष्ट व्यक्तित्वहरू, विभिन्न संस्थाहरूलाई सम्मानसमेत समेत गरेको थियो ।

समाजका महासचिव बालाराम पान्डे र सचीव अनिल परियारको कुशल संचालन रहेको कार्यक्रममा बोल्दै सभापती टेकराज थापाले आफ्नो कार्यकाल भरी विभिन्न तह तप्का बाट साथ सहयोग गर्ने, सहकार्य गर्ने सम्पूर्णमा आभार प्रकट गर्दै अधिवेशनको खुल्ला सत्रको कार्यक्रम समापन गरेका थिए ।

स्थापनाकाल देखिनै समाजले प्रवासमा जिल्ला बासी तथा गैर जिल्ला बासीहरुका समस्याहरुको समाधान संगै समाजिक आर्थिक, नैतिक तथा भौतिक कार्यमा अग्रस्थानमा रहि कतारमा स्थापित विभिन्न संघ संस्थाहरु बीच हातेमालो गर्दै आपसी सद्धभाव भाईचारा लाई निरंतरता दिदै आएको छ ।

समाजले प्रवासमा मात्र सिमित नभएर देशमा आइपरेका विभिन्न दैविक प्रकोप,बाढी पिडित,आर्थिक अभावको कारण छट्पटाइ रहेका असाय, आगलागी पिडितहरुलाई आर्थिक सहयोग गर्दै आएको निबर्तमान अध्यक्षले सेती कर्णालीखबर लाई बताए

  • सेती कर्णाली खबर
  • सोमवार, भदौ २७, २०७९ 0७:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट