October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा कृषि हाटबजार सञ्चालन गर्ने पहिलो स्वामिकार्तिक

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १0:१५
बाजुरामा कृषि  हाटबजार  सञ्चालन गर्ने   पहिलो स्वामिकार्तिक

सेतीकर्णाली खबर – 
१२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो ।

गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास अन्र्तरगत लीवर्ड परियोजना तथा स्थानिय सरकारको संयुक्त साझेदारिमा कृषि हाट वजार तथा संकलन केन्द्र सञ्चालन भएको कृषि शाखा प्रमुख विनोद शाहीले जानकारी दिनुभयो ।

स्थानिय गंगराज गिरी अध्यक्ष र कृषि शाखा प्रमुख शाही सदस्य सचिव रहने गरि यस अघि नै नौ सदश्यीय कृषि हाटवजार सञ्चालन समिति गठन गरिएको उहाँले बताउनुभयो । स्थानिय स्तरमा उत्पादित कृषि वस्तुको वेच विखन तथा वजारीकरण गर्न गाउँपालिकामा पहिलो पटक कृषि हाट वजार सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो ।

उहाँले यस अघि हाट वजार सञ्चालन नहुदा गाउँपालिका भित्रको कृषि उपज बजारीकरण्का लागि जिल्ला वाहिर पठाउने गरिएको बताउनुभयो । गाउँपालिकामा कृषि उत्पादन राम्रै हुने भए पनि उत्पादन अनुसारको खपत गर्न समस्या हँुदा जिल्ला वाहिरका बजार खोज्नु परेको बताउनुभयो ।

स्थानिय वजारमा खपत हुन नसकेको फलफुल र कृषि उत्पादन जिल्ला वाहिरका वजारमा पठाउने गरिए पनि अव कृषि हाट वजार सञ्चालन भए पछि किसानलाई विक्रि वितरणमा सजिलो हुने उहाँले बताउनुभयो । कृषि हाट वजारमा किसानले स्थानिय स्तरमा उत्पादन गरेका विभिन्न रैथाने वालि तथा फलफूल सहजैरुपमा विक्रि वितरण गर्न पाउने र उपभोक्ताले पनि सस्तो मुल्यमा किन्न पाउने छन ।

प्रत्यक महिनाको दोस्रो र चौथो शनिवार लाग्ने कृषि हाट बजार मार्फत किसान र उपभोक्ता विच किन वेच हुने छ । पालिकाले स्थानीयको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अर्गानीक खायौं र स्वस्थ रहौं भन्ने नारालाई आत्मसाथ गर्दै हाट बजार सञ्चालन गरेको हो ।

कृषि हाट बजार गाउँपालिकाको केन्द्र सुइजिउला ढुङ्गे बजारमा सञ्चालनमा आएको कृषि शाखा प्रमुख शाहीले बताउनुभयो । उहाँका अनुसार स्वामीकार्तिक खापर गाउँपालिकाका मात्र नभएर आसपासका कृषकहरुले हाट बजारमा पुगेर कृषि उपज विक्री वितरण गर्न सक्नेछन् ।

शुक्रवार देखि सञ्चालनमा आएको कृषि हाट बजारमा पहिलो दिन करिब ७०‐८० हजार बराबरको कृषि उपज विक्रि वितरण भएको बताउनुभएको छ । स्वामीकार्तिक खापर गाउँपालिका भित्रका मात्र नभएर अन्य पालिकाका गरेर ६० बढी कृषकले कृषि उपज विक्री वितरण गरेको रिरास अन्र्तगत लिर्वड परियोजनाका कलस्टर कोडिनेटर लोकेस थापाले जानकारी दिनुभएको छ ।

उहाँले शुक्रवार सञ्चालन भएको कृषि हाट बजारमा परियोजनाले हाट बजार सञ्चालक समितीद्धारा कृषकलाई कृषि उपज तयार गर्नका लागि आवश्यक सामाग्री सहयोग गरेको बताउनुभयो । जसमा तरकारी फलफुल सुरक्षित राख्नको लागि १ सय ३० वटा प्लाष्टिक क्यारेट, १ सय के.जी सम्म तौल गर्न सकिने डिजिटल काटा, १० वटा हाते काटा, ४ वटा निलो त्रिपाल र १० केजि प्लाष्टिक झोला सहयोग गरेको बताउनुभयो ।

गाउँपालिकाले उत्पादित कृषि उपज वेच विखनका लागि कृषि हाट वजार सञ्चालन गरेको र अब ढुवानिका लागि कृषि एम्वुलेन्स सञ्चालन गर्ने पनि जनाएको छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, जेष्ठ १२, २०८१ १0:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट