October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बेर्मा–बालुवा जोड्ने पुल निर्माणका लागि तिन कराेड बजेट स्वीकृत

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १५, २०८० 0८:११
बेर्मा–बालुवा जोड्ने पुल निर्माणका लागि तिन कराेड बजेट स्वीकृत

बाजुरा- बाजुराको बेर्मा-बालुवा जोड्ने पुल निर्माणका लागि बजेट स्वीकृत भएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने सो झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भएको हो । बेर्मा बालुवा जोड्ने पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट स्वीकृत भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनु भयो । उहाँका अनुशार २०७९ असोज १९ गते आएको अबिरल बर्षाका कारण कर्णालीमा रहेको बेर्मा– बालुवा जोड्ने पुल बगाएको हो ।

बेर्मा–बालुवा पुल बगाउँदा स्वामिकार्तिक १,२ र जगन्नाथ गाउँपालिकाका नागरिकलाई आवतजावतमा समस्या भएको उहाँले बताउनु भयो । धेरै समयपछी अर्थमन्त्रालयबाट बजेट स्वीकृत भई पुल निर्माण हुने भएपछी स्थानिय नागरिक खुसी भएको अध्यक्ष रोकायाले भन्नुभयो ।

करिब दुई बर्ष देखी पुलको समस्या झल्दै आएका स्वामिकार्तिक र जगन्नाथ गाँउपालिकाका नागरिकलाई पुल निर्माण हुनेभएपछी त्यहाँका स्थानिय तथा गाईबस्तुहरुलाई आउजाउ गर्न सहज हुने अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाकाे अर्थक प्रयास पछी बेर्मा बालुवा जोड्ने पुल निर्माण हुने भएपछी स्थानिय खुसी बताएका छन् । दुई पालिका जोड्ने पुल निर्माण हुनेभएपछी पालिका अध्यक्ष रोकायालाई ठुलो सफलता प्राप्त भएको छ ।

पटक पटक बेर्मा पुल निर्माणको बजेट व्यबस्थापन गर्नका लागी मन्त्रालय धाइरहेका अध्यक्ष रोकायालाई बजेट स्वीकृत भएपछी सफलता मिलेको हो । बेर्मा–बालुवा जोडने ३ सय मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि केहि दिनमै टेण्डर हुने अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

कर्णाली नदिले झोलुंगे पुल बगाउदा स्वामीकार्तिक खापर गाउँपालिका १ र २ साप्पाटा बजारबाट बिच्छेद भएको थियो भने स्वामिकार्तिक र जगन्नाथ गाउँपालिका जोड्ने कर्णाली नदिको रहेको सो झोलुंगे पुल बगाएपपछि साप्पाटाका १ हजार घरपविार बजारको पहुँच भन्दा टाढा रहेको अध्यक्ष भरत बहादुर रोकायाले भन्नुभयो ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, फाल्गुन १५, २०८० 0८:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट