October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन २, २०८० १७:३२
बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा वडा न ७ बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सरस्वती पूजाको अवसर पारी वडा अध्यक्ष पाध्यायाले बिद्यार्थीहरुलाई न्यानोलुगा बितरण गरेका हुन ।

सरस्वती पूजा आजैकै दिन वडाका सबै विद्यालयमा गएर विपन्न जेहन्दार विद्यार्थी लाई न्याना् कपडा तथा कापि कलम वितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताए । चिसोमा न्यानो कपडा किन्न नसक्ने वालबालिकाहरुलाई न्यानो कपडा सामाजिक सेवा फाउन्डेसन नेपालले सहयोग गरेको वडाअध्यक्ष पाध्यायले जानकारी दिएका छन ।
वडा भरीका विपन्न १ सय ५ जना विद्यार्थीलाई न्यानो कपडा जकेट वितरण गरिएको उनले बताए । सामाजिक सेवा फाउन्डेसन नेपालले ३ बर्ष देखि सरस्वती आधारभुत बिध्यालय लगायत विद्यालयमा न्यानो कपडा वितरणमा सहयोग हुदै आएकोवडा अध्यक्ष पाध्यायले बताएका छन । सामाजिक सेवा फाउन्डेसन नेपालले याे पहिला दुई बर्षमा निर्न्तर सहयाेग समेत गरेको फाउण्डेशनले जनाएको छ ।

वडा अध्यक्ष पाध्यायले हरेक बर्ष बिभिन्न निकायको समन्वयमा बालबालिका, बृद्धबृद्धा र अपाङग तथा बिपन्न नागरिकको सेवा गर्दै आएका छन । उनले दशैमा खाध्यान्न हिउदमा न्यानो कपडा तथा लुगा र बालबालिकाहरुका क्षेत्रमा बिगत ७ बर्षदेखी सहयोग मागेर भए पनि सामाजिक सेवामा लागि परेका छन ।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन २, २०८० १७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट