October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा अँझै पनि मतगणना सुरु भएन, भोलि बिहान पुन: सर्वदलीय बैठक बस्ने

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर १४, २०७९ १३:५३
बाजुरामा अँझै पनि मतगणना  सुरु भएन, भोलि बिहान पुन: सर्वदलीय  बैठक बस्ने

मंसिर १४ बाजुरा–निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको छ । आयोगकाे मतगणना निर्णय गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलिय बैठक बोलायो ।
सर्वदलिय बैठकमा नेकपा एमाले बाहेक सबै सहभागि भए । नेकपा एमाले सहभागि नभएपछि भोलि  बिहान ७ बजे बस्ने गरि बैठक स्थगित भएको नेकपा समाजवादीका नेता पुर रावतले वताएका छन् । नेकपा एमाले सहभागि नभएपछि आज बजेको बैठकले एमालेलाई सहभागिलाइका लागि संयुक्त आव्हान गरेको रावतले वताए ।
बिहान ७ बजे एमालेलाई बैठकमा सहभािग हुन आग्रह समेत गरेको छ । बैठकमा एक सहभागिले भने नेकपा एमाले सहभागि नभएकै कारणले बैठक बिहिवार बिहानको लागि सारिएको वताएका छन् । नेकपा एमाले बाजुराले भने चेतन अयडिका हत्यारा प्रक्राउ गर्नुपर्ने र अयडि न्यायको लागि शान्तिपुर्ण आन्दोलनका बेला गिरफ्तार गरिएकालाइ विना सर्त रिहाइ नहुदा सम्म बैठकमा सहभागि नहुने एमाले बाजुरा सचिब भरत थापाले वताएका छन् ।

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर १४, २०७९ १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट