October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत चौधरी आउने

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ ८, २०८० 0६:३३

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी आउने भएका छन।

देश संघियतामा गइसकेपछि बाजुराको हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा  प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। निमित्त   प्रशासकीय अधिकृतले आफु अनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका छन।

यस्तो हुन नदिन संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक शाखाअधिकृत तहका कर्मचारी खटाएको छ। सोही अनुसार हिमाली गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृत चौधरी आउने भएका छन ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ ८, २०८० 0६:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  