October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराका दुई गर्भवती महिलाको हवाइ मार्फत उद्धारर

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ६, २०८० 0७:१९
बाजुराका दुई गर्भवती महिलाको हवाइ मार्फत उद्धारर

बाजुरा। बाजुराको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई गर्भवतीको उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो।

डा. रञ्जित शाहका अनुसार खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको हो। गर्भवती विष्टलाई भने सुत्केरी व्यथा लागेको लामो समय भइसक्दा पनि बच्चा नजन्मेकाले तत्काल अप्रेसन गर्नुपर्ने भएकाले सुर्खेत पठाएको उनले जानकारी दिए।

डा शाहका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गरिएको हो। गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जटिल बिरामीलाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क हवाइ उद्धार गर्ने गरेको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, माघ ६, २०८० 0७:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट