October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न: अपाङ्गता लगाएतका ६ वटा कार्य विधी पारित

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ३, २०८० 0८:३१
त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न: अपाङ्गता लगाएतका ६ वटा कार्य विधी पारित

 ३ माघ,बाजुरा/  त्रिवेणी नगरपालिकाले १४ औं नगर सभा तथा हिउँदे अधिवेशन मंगलबार सम्पन्न गरेको छ ।
पस २९ गतेबाट सुरु भएको नगर सभा मंगलबार सकिएको हो । नगर सभामा पेश भएका ६ वटा कार्य विधी सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष गणेश साउँदले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्य विधी २०८०, अपाङ्गता भएका व्यक्तिहरुको परिचय पत्र वितरण कार्य विधी २०८०,कन्टिजेन्सी रकम व्यवस्थापन र खर्च सम्बन्धी कार्य विधी २०८० नगर सभाले पारित गरेको बताए ।
यस्तै नगर सभामा नगरप्रमुख कर्णबहादुर थापाले पेश गरेको आपतकालिन कार्य संचालन केन्द्र २०८०,नगर खेलकुद विकास समिति संचालन कार्यविधी २०८० र कार्यस्थलमा हुने योनजन्य दुव्र्यवहार९निवारण० आचारसंहिता २०८० सभाले सर्वसम्मत पारित गरेको वडाध्यक्ष साउँदले बताएका छन् ।
यस्तै नगरपालिकामा प्रतिवन्ध लगाइएको मदिरा व्यवस्थापन कार्य विधी नगर सभामा छलफल गरिएको छ र मदिरा व्यवस्थापनका लागि नगर सभाले कार्यपालिकालाई अधिकार दिएर एक महिनाको अवधीमा वडामा गएर नागरिकका राय सुझाव संकलन गर्न समयावधी तोकेको वडाध्यक्ष साउँदको भनाई रहेको छ ।
नगरको पहिलो नगर सरकारले मदिरा विक्री वितरणमा प्रतिबन्द गरेको थियो । हिउदे तथा १४ औं नगर सभाले मदिराबाट उठ्ने कर र मदिरा विक्री वितरणमा व्यवस्थापन गर्नका लागि सभाले कार्य पालिकालाई अधिकार प्रत्यायोजन गरेको वडाध्यक्ष साउँद बताउँछन् ।
“शिक्षा ,स्वास्थ्य ,सडक र पर्यटन त्रिवेणीको पुर्वाधार,सामुहिक तथा व्यवसायिक कृषि समृद्धिको आधार” भन्ने मुल नाराका १४ औं नगर सभा संचालन भएको हो ।
नगर सभामा नगर प्रमुखले पेश गरेका कार्य विधी सभामा छलफलका लागि पेश भएका छन् । दफाबार छलफलपछि कार्यविधीलाई पूर्णता दिइएको हो ।
नगरपालिकालाई समृद्ध बनाउन र करको दायरा बढाएर आर्थिक समृद्ध बनाउने गरी नगर सरकारले कार्य विधी बनाएर अघि बढ्ने बताइएको छ ।
नगरका नागरिकलाई सहज रुपमा वडास्तरबाट नै सेवा प्रदान गर्न र नगरपालिकाले अभिभावकत्व भूमिका निर्वाह गर्न पालिका सरकार जनताका पक्षमा उभिनुपर्नेमा सभामा छलफल भएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख कर्णबहादुर थापाको अध्यक्षतामा संचालन भएको नगर सभामा उप प्रमुख कमला जैशी९न्यौपाने०,९ वटै वडाका वडाध्यक्ष,कार्यपालिका सदस्य,नगर सभाका सदस्य र कर्मचारीहरु सहभागी रहेका थिए ।

  • सेती कर्णाली खबर
  • बुधबार, माघ ३, २०८० 0८:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट