October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिका- ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माण बन्दै

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १२, २०८० 0६:२५
हिमाली गाउँपालिका- ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माण बन्दै

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य तिव्र रूपमा अगाडी बढाएको छ।

विगत ६ वर्ष देखि टेलिफोन बाट बन्चित भएको पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य सुरु गरिएको छ। पाँडीको लेख डाडा भन्ने ठाउमा टावर बनाउन काम सुरुवात गरेका छन। गाउँका करिब १ सय ४५ घर धुरी टेलिफोन टावर निर्माणकार्य सम्पन्न भयो र सञ्चालन आयो भने टेलीफोन बाट मात्र होइन ईन्टरनेट जडान समेत हुने हुँदा धेरै काम सहज हुने भएको छ।

गाउँमा टेलिफोन टावर निर्माण काम सुरु गरेको हुँदा स्थानीय बासी खुशी भएका छन। आफन्त फोन गर्न टाढा जानुपर्ने अवस्था विगतको जस्तो समस्याहरु टेलीफोन टावर बनेपछि समाधान हटने देखिन्छ। विकट गाउँमा टेलिफोन बाट बन्चित भएको गाउँ टावर काम सुरु गर्दा अब घर भित्र बाट फोनबाट कुराकानी गर्न सहज हुने स्थानीय तुलसिंह रोकायाले बताएका छ्न।

लामो समय देखि टेलीफोन टावरको स्थानीय सरकार संग माग राख्दा बल्लतल्ल टावर स्थापना गर्न हिमाली गाउँपालिकाले ठुलो सहयोग पुगेको छ। अब टेलिफोन जुन समस्याहरु त्यो समस्याको समाधान हुने भएको छ। अहिलेसम्म पनि फोन गर्न घरको नजिकैको आसपास गएर आफ्ना आफन्त संग फोन मार्फ कुराकानी गर्न जानुपर्ने अवस्था रहेकोे छ। गाउँमा बन्दै गरेको टेलिफोन टावर निर्माणकार्य सम्पन्न भइ सुचारु भयो भने गाउँको जुनसुकै कुना कन्द्रामा टावरले काम गर्ने भएको स्थानीय खुटकु टमटाले बताएका छ्न।

पाँडी गाउँको लेखडाडा भन्ने ठाउँमा टेलीफोन टावर निर्माण काम निरन्तर भैरहेको छ। टेलिफोन टावर बनाउने काम अबको एक महिना पछि निर्माण कार्य सम्पन्न हुने गरी काम निरन्तर भएको छ। टावर बनेपछि फोन सुविधा मात्र होईन फोरजी टावर समेत राख्ने गरेर काम भैरहेको छ। फोन मात्र होइन ईन्टरनेट पहुँचमा पनि स्थानीय सेवा प्राप्त गर्न सक्ने टेलीफोन टावर साइट निर्माण प्राविधिक चौधरीले बताएको छ।

गाउँमा टेलीफोन टावर निर्माणकार्य सुरु गरिएको छ। विगत लामो समय देखी टेलीफोन टावर सम्बन्धि पहल गर्दागर्दै अहिले सफल भएको छु। अब पाँडी गाउँका स्थानीयहरु लाई टेलीफोन टावर बाट सेवा सुबिधा मात्र नभएर ईन्टरनेटको पहुँचमा पनि नजिक हुने छ्न। आफू २०७४ चुनाव विजयी भएपछि आफ्नो मुख्य एजेन्डा रहेकोे थियो। जुन एजेन्डा अहिले आफ्नो दोस्रो कार्यकाल सम्म पुग्दा टेलीफोन टावर बनाउन काम सफल भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न।

दुर्गम गाउँका बस्तीलाई टेलीफोन बाट मुक्त बनाउन टेलीफोन कार्यालय संघ प्रदेश र जिल्लामा पटकपटक धाउदा अहिले टावर निर्माण गर्ने काम सुरुवात भएको छ। अबको एक दुई महिनापछि पाँडी गाउँका स्थानीय बासी टेलिफोन माध्यम मात्र नभएर ईन्टरनेट पहुँचमा पनि जोडिने हिसाबले टावर निर्माणकार्य सुरु गरेको छ। अहिले टेलिफोन टावर बनाउने काम नियमित अगाडी बढाएको छ। केहि महिनामै सुचारु गरि टेलिफोन सेवा बाट छिट्टै सञ्चालन ल्याउने गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभएको छ।

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस १२, २०८० 0६:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट