October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा भूमिहीन तथा अव्यवस्थित बसोबास गरेका लाई निस्सा वितरण

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० १५:0९
बाजुरामा भूमिहीन तथा अव्यवस्थित बसोबास गरेका लाई निस्सा वितरण

बाजुरा : बाजुरामा भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन, सुकूम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणिकरणको आधार मापदण्ड २०८० को अनुसूचि ६ बमोजिम निस्सा वितरण सुरु गरिएको हो ।

भूमिहीनलाई निस्सा वितरण सूरु गौमुल गाउँपालिकाबाट गरिएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नाप, जाँचका लागि निस्सा प्रक्रिया अगाडी बढाएको आयोगका जिल्ला समितिका विज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन् ।

जग्गा भोग चललन गरिरहेका तर लालपुर्जा नभएका अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिईने भएको छ । भने जग्गा नभएकालाई जग्गा उपलब्ध गराउँने लक्ष्य सहीत निस्सा वितरण कार्यको पहिलो चरणको प्रक्रिया अगाडी बढाएको हो ।

आइतबार गौमुल गाउँपालिकाको आयोजनामा १०३ जनालाई पहिलो प्रक्रियाको निस्सा वितरण गरेको छ । गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले निस्साको प्रतिलीपि भूमिहीन दलित र अव्यवस्थित बसोबासी प्रत्येक व्यक्तिलाई वितरण गरेका थिए ।

गाउँपालिका अध्यक्ष रोकायाले निस्सा वितरण गर्दै अव्यवस्थित भूमिहीनका लागि आवश्यक मापदण्ड सहीत जग्गा उपलब्ध र लालपुर्जा दिने कार्य अगाडी बढाईएको बताएका छन् । आवश्यक मापदण्डअनुसार भोगचलन गरिरहेका तर जग्गा नाममा नभएको अनुसूचि भरेपछि सोही आधारमा पहिलो प्रक्रिया अगाडी बढाएको रोकायाले बताए ।

सो अवसरमा रोकायाले भूमि आयोगको समन्वयमा गाउँपालिकाभित्रका सबै सुकूम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई आवश्यक प्रक्रिया पुरा गरी जग्गाको लालपुर्जा वितरण गर्ने बताएका छन् ।

गौमुल गाउँपालिकाका ६ वटै वडाका ९ जना भूमिहीन दलित र ९४ जना अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको भूमि आयोग जिल्ला समितिका विज्ञ सदस्य शाहीले बताएका छन् । जिल्लाका ९ वटै स्थानीय तहका भूमिहीनलाई निस्सा वितरण गर्ने उनले बताए ।

भूमिहीन आयोग जिल्ला समितिले विज्ञ शाहीले निस्सा वितरण कार्यलाई तीब्रता दिएको बताए । बाजुरा जिल्लाका सबै राजनीतिक दल, जनप्रतिनिधी र स्थानीय तहले आवश्यक समन्वय गर्ने हो भने भूमिहीन र सुकूम्वासीलाई निस्सा वितरण गरी लालपूर्जा वितरण गर्न कुनै समस्या नहुने बताएका छन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट