October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्राधिकरणको प्रस्ताव

  • सेती कर्णाली खबर
  • बुधबार, पुस ४, २०८० 0७:४४
निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्राधिकरणको प्रस्ताव

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले द्रुतमार्गको निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्रस्ताव गरेको छ । यसले इन्टरचेञ्ज निर्माणमा दुविधा उत्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

संसदको राज्य व्यवस्था समितिले बुधबार काठमाडौं तराई मधेश द्रुतमार्गबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्माका साथै आयोजानाका अधिकारीहरुलाई बोलाएको थियो ।

अहिलेसम्म भएका काम र अबका चुनौतीबारे जानकारी गराउँदै योजना तथा डिजाइन महाशाखा प्रमुख एवं प्राविधिक महासेनानी भरतलाल श्रेष्ठ प्राधिकरणको प्रस्ताव अनुसार इन्टरचेन्ज बनाउँदा लागत बढ्ने बताएका छन् ।

जग्गा अधिग्रहण तथा रुख कटान पनि बढ्ने र आयोजनाको समयावधि प्रभावित हुने भएकाले सरकारले तत्काल निर्णय गर्नुपर्ने उनले बताए ।

  • सेती कर्णाली खबर
  • बुधबार, पुस ४, २०८० 0७:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट