October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कवाडी खोला लघु जलविद्युत आयोजना पालिका अध्यक्ष मल्ल गरे उद्घाटन

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ६, २०८० १९:४७
कवाडी खोला लघु जलविद्युत आयोजना पालिका अध्यक्ष मल्ल गरे उद्घाटन

उमेश रोकाया/बाजुरा- कवाडी खोला लघु जलविद्युत आयोजना हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले द्रारा उद्घाटन गरिएको छ।

कुवाडी खोला विद्युत मर्मत सम्भार समितिको आयोजना हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कवाडीमा रहेको विद्युत उद्घाटन कार्यक्रम गरिएको छ। कवाडी जलविद्युत आयोजना २०६८ सालमा संचालन गरिएको हो। उर्जा प्रबर्द्धन केन्द्र ९० प्रतिशत र हिमाली गाउँपालिका कार्यालयले १० प्रतिशत लगानीमा जलविद्युत आयोजना निर्माणकार्य सम्पन्न गरिएको छ। विद्युत १०० वाट क्षमता बत्ती रहेकोे छ। बत्ती सञ्चालन भएको केहि समय पछि वडा नम्बर ५ रुगिन, नदापाटा र बक्षा लगायत बस्तिका घरपरिवारले उज्यालो बत्तीमा बस्ने गरेको स्थानीय जनक मलालले बताएका छन।

अहिले हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती र बोर्ता गाउँमा बत्तीको तार जडान गरी उज्यालो बस्ती भएको छ। विद्युतको लाइन फैती गाउँ हुँदै हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा बजार लगायत आसपासका क्षेत्रमा बिजुली बत्ति सञ्चालन हुँदा उज्यालो बजार रहेकोे छ।

उक्त उद्घाटन कार्यक्रममा कवाडी खोला लघु जलविद्युत आयोजना उद्घाटन समारोहका अध्यक्ष प्रवल बुढथापा प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि उपाध्यक्ष राजकला सार्की वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप थापा, वडा नम्बर ४ का वडा अध्यक्ष भिमानन्द पाण्डे वडा नम्बर ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी सहित स्थानीयको उपस्थितिमा विद्युत उद्घाटन समारोह सम्पन्न गरिएको स्थानीय जनक मलाले बताउनुभयो।

हिमाली उज्यालो कार्यक्रम भन्ने नारालाई पहिलो प्राथमिकता दिदै कुवाडी जलविद्युत आयोजना प्रसारण लाइन हिमाली गाउँपालिका वडा नम्बर ४ र ५ मा लाइन बिस्तार गरि बिजुली उज्यालो बस्ती भएको छ। भने पालिकाको केन्द्र धुलाचौर विद्युत जडान गरि बजार झिल्लीमिली भएको छ्न वडा नम्बर ६ को बोल्डिक गाउँ संगै धिम गाउँ लाइन विस्तार रकम छुट्याइएको र सर्वे काम भैसकेको छ। २०८० सालमा विद्युत पुर्‍याउने हिसाबले लागिपरेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो।

कुवाडी खोला लघु जलविद्युत आयोजना स्तरोन्नति तथा मर्मत कार्यको सार्वजनिक सुनाइ तथा लेखा परिक्षण कार्यक्रम गरेका छन। कवाडी खोला लघु जलविद्युत स्तरोन्नति तथा मर्मत आयोजना र कवाडी खोला लघु जलविद्युत सहकारी लिमिटेड समन्वयमा लेखापरीक्षण गरिएको बताएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, अशोज ६, २०८० १९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट