October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सदुरको  भिमदत्तराजमार्ग तत्काल सुचारु गर्न नेकपा एमाले बाजुराको माग

  • सेती कर्णाली खबर
  • शनिबार, साउन २७, २०८० 0३:३0
सदुरको  भिमदत्तराजमार्ग तत्काल सुचारु गर्न नेकपा एमाले बाजुराको माग

बाजुरा– नेकपा एमाले बाजुराले एक बिज्ञप्ती जारी गर्दै सुदुरपश्चिमको एकमात्र राजमार्ग भिमदत्त राजमार्ग अबरुद्ध भएको प्रति सरकारलाई ध्यानाकर्षण गराएको छ । भिमदत्त राजमार्ग अबरोध हुँदा सुदुर पश्चिमका पहाडी सात जिल्लाको आगवनमा समस्या भएकोले बैकल्पीक मार्गका रुपमा रहेका सडकहरु संचालनका लागि सरकारसंग माग गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष कालि बहादुर शाहीको हस्ताक्षेरीत बिज्ञप्तीमा सुदुरपश्चिमका पहाडी जिल्लाको आवत जावतमा समस्या हुनुका साथै सडकको बिषय लिएर बजारमा महगी र कालोबजारी बढ्दै गएकोले तत्काल सडक सुचारु गर्न भनिएको छ ।
सुदुरपश्चिमका पहाडी जिल्लाबाट जिल्ला बाहिर जाने यात्रु, बिरामीहरुलाइ समेत असहज भएकाले तत्काल अबरुद्ध सडक संचालनका साथै अन्य बैकल्पीक मार्गहरुको निर्माण तथा मर्मत कार्य यथासिघ्र गर्न सरकारसंग माग गर्दछौ नेकापा एमाले बाजुराका अध्यक्ष काली बहादुर शाहीको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
भिमदत्त राजमार्ग सुचारु गर्न संघ र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुका साथै चिसापानी जलघाटको पुल र सेती लोकमार्गको निर्माण कार्यमा ढिलाई भएकोले तत्काल काम सुचारु गरि निर्माण कार्य सम्पन्न गर्न बिज्ञप्तीमा जनाएकाे छ

  • सेती कर्णाली खबर
  • शनिबार, साउन २७, २०८० 0३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?