October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २८, २०८० 0७:४0
बाजुरामा रूखले च्यापेर एक जनाको मृत्यु

सेतीकर्णाली खबर २८ असार ,बाजुरा – बुढीनन्दा नगरपालिका–३ भुलेनामा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडीको रुख ढलेर ल्वार र एक भैसी र पाडोको समेत मृत्यु भएको बताए ।
स्थानीयले ढलेको रुखले च्यापिएर ल्वार र भैसी मरेको इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेपछि प्रहरीकाले टोली कोल्टीबाट घटनास्थलमा गएको छ । घटनास्थलमा पुग्न करिव ५ घण्टा लाग्ने प्रहरीको भनाई रहेको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, असार २८, २०८० 0७:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट