October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपालमा कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसकाे अवसरमा बिरामीलाइ फलफुल बितरण

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख ९, २०८० १२:0१
नेपालमा कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसकाे अवसरमा बिरामीलाइ फलफुल बितरण

बाजुरा–नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ स्थापना दिवसकाे अवसरमा नेकपा एमाले बाजुराले जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल बितरण गरेर  मनाएकाे छ । कम्युनिष्ट पार्टीकाे स्थापना दिवसका अवसरमा नेकपा एमाले बाजुराका सचिव भरत थापाकाे  अध्यक्षातामा फलफुल बितरण गरिएकाे नेकपा एमाले बाजुराले जनाएकाे छ ।
नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल प्रमुख अतिथि रहेका थिए नेकपा एमले स‌गठन बिभाग प्रमुख अमर खड्का, जिल्ला समन्वय समिति बाजुरा उपप्रमुख लाछु शार्की , बडिमालिका नगरपालिलका उपप्रमुख नन्दा थापा, प्रेस चाैतारी नेपालका सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण वली लगायत जिल्ला स्थित नेकपा एमालेका भार्ति स‌गठनका पदाधिकारी हरुकाे सहभागीतामा फलफुल बितरण गरीएकाे नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन
नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रम मनाइने गरिन्छ । जहानियाँ राणा शासनकै समयमा  २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
स्थापनाको सात दशकको इतिहासमा पटक-पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ । नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एसलगायतका कम्युनिष्ट पार्टीहरूले कार्यक्रमको आयोजना गरेका छन् ।

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख ९, २०८० १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट