October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको नन्देश्वरी माविको मतदानकेन्द्रमा आज २ बजे सम्म ५ सय ६५ मत खसे

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १०, २०७९ 0८:४५
बाजुराको नन्देश्वरी माविको मतदानकेन्द्रमा आज २ बजे सम्म ५ सय ६५ मत खसे

उमेश जङ्ग शाही मंसिर १० बाजुरा – जिल्लाको बुढिनन्दा नगरपालिका वडा न. ५ नन्देश्वरी माबिको मतदान स्थलमा पुन: मतदान आज बिहान ७ बजेदेखि भइरहेको छ। शान्त वातावरण र मर्यादित तरिकाले मतदान भइरहेको छ। बाजुराको बूढीनन्दा–५  काे नन्देश्वरी मावि, मतदान केन्द्रमा २ बजे सम्म ५ सय ६५ मते खसेका छन् । ३०० पुरुष र २६५महिलाले मतदान गरेका मतदान अधिकृत किरण बिकले सेतिकर्णाली खबरका सम्बाददाता संग जानकारी दिएका छन ।बाजुराको७० मतदान स्थल मध्य एउटा मात्र मतदान स्थगित भएको थियो। मतदानका क्रममा धाँधली भएर मतपेटिकामा आक्रमण हुन थाले पछि मतदान स्थगित गरिएको थियो।सुदुर पश्चिम् प्रदेश महेन्द्रनर दङ्गा गण इन्चार्ज एस्पि भिम किरण बोगटी को कमान्डमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी बलका एस्पि बिरेन्द्र ऐरको कमान्डमा ससस्त्र प्रहरी र नेपाली सेनाका सेनानी रवि जोशी कमान्डमा नेपाली सेना खटाएको छ ।
करिव ३ सय ५० भन्दा बढी सुरक्षा कर्मी मतदान स्थलमा रहेका छन । ९ सय ९९ जना मतदाता रहेका बुढिनन्दा पाँचमा ६० प्रतिशत मत खस्ने आकलन गरिएको छ ।  ९ सय ९९ जना मतदाता रहेका छन् । मतदाताको लाईन खालिभएकाले छिटफुट रुपमा मतदाता मतदान गर्न आउने गरेकाछन। चुनाव शान्ति पुर्ण तरिकाले भइरहेकाे छ । मतदान आज बेलुका ५ बजे सम्म हुनेछ।

बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गा लगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ। घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ।

 

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १०, २०७९ 0८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट