October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा शुरु

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र ३०, २०७९ 0१:४४
प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा शुरु

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् ।

धनगढीमा बुधबार शुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिवद्धता पनि गरे ।

उनले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि प्रदेश सरकारले ध्यान दिने बताउदै खेलाडीको मनोबल र हौसला बढाउने काम गर्ने समेत बताए ।

प्रतियोगितामा बागमतीका १२, सशस्त्र प्रहरीका १०, कोशी १७, गण्डकी १४ र सुदूरपश्चिमका १८ गरेर ७१ जना खेलाडीको सहभागिता रहेको छ । २० वर्षमुनीको खेल इपी र खुला खेल सेवर विद्यामा खेलाइन थालिएको छ ।

संघका कैलाली अध्यक्ष जलेन्द्र शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल फेन्सिङ संघका केन्द्रीय अध्यक्ष सुनिलकुमार श्रेष्ठ लगायतले प्रतियोगिताको सफलताको लागि शुभकामना दिएका थिए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, चैत्र ३०, २०७९ 0१:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट