October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पोखरामा दुर्घटना यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको सब निकालियो । कोहि पनि जिवित रहेनन्

  • सेती कर्णाली खबर
  • आइतवार, माघ १, २०७९ १0:२६
पोखरामा दुर्घटना यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको सब निकालियो । कोहि पनि जिवित रहेनन्

पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ३२ जनाको शव भेटिएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान साढे १० बजे पोखराका लागि काठमाडौंबाट उडेको जहाज दुर्घटनामा परेको थियो ।
जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक एक, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ६८ यात्रु रहेका थिए ।

खोलातिर प्लेन आएपछि हामी दौडँदै आयौँ, मन्दिर आइपुग्दा दुर्घटना भयो : प्रत्यक्षदर्शी
चालक दलका सदस्य चारजना रहेको प्राधिकरणले जनाएको छ । १० बजेर ५० मिनेट जाँदा जहाज सेती खोँचमा सम्पर्कमा आएको बताइएको छ ।

त्यसलगत्तै जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । जहाजमा चालक दलका सदस्य ४ जना, महिला २५, पुरुष ३७, ३ बालक र ३ शिशु रहेका थिए ।
त्यसमध्ये १३ महिला, १८ पुरुष र १ शिशुको शव फेला परेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म ३२ जनाको शव निकालिएको छ ।
केही शवहरु अत्यन्तै अप्ठेरो ठाउँमा रहेकाले निकाल्न कठिनाई भइरहेको छ ।
“अहिलेसम्म कोही पनि जीवित छैनन्,” उनले भने, “जीवितै उद्धार गरिएको भने पनि अस्पताल पुर्‍याउँदा जीवित नरहेको पाइएको छ । जहाज जटिल ठाउँमा खसेको छ । थप शव खोज्न समस्या भइरहेको छ । जीवित उद्धार गर्न सकिएलाजस्तो छैन ।”
उनले अप्ठ्यारो ठाउँ भएका कारण बाँकी शव निकाल्न क्रेन ल्याइएको पनि जानकारी दिए ।
“अप्ठ्यारो ठाउँ भएका कारण बाँकी शव खोज्न क्रेन ल्याइएको छ । क्रेनको सहायतामा उद्धारको कार्य अगाडि बढेको छ,” उनले भने ।
स्थानीय उद्धारकर्ताले जीवितै उद्धार गरेकाको पनि अस्पताल पुर्‍याउँदासम्म निधन भएको पाइएको उनले जानकारी दिए ।
गण्डकी अस्पतालले पनि आफूहरुकहाँ ल्याइएका सबै जनाको निधन भएको बताएको छ । गण्डकी अस्पतालमा ३० जनालाई पुर्‍याइएको छ । अहिले पनि उद्धार गरिएका व्यक्ति ल्याउने क्रम जारी रहेको र कोही पनि जीवित नरहेको अस्पतालले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, माघ १, २०७९ १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट