October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

कोल्टी देखि धुलाचौर सम्म गाडीभाडा दोब्बर लिएपछी यात्रुलाई प्रहरीद्वारा रुपैया फिर्ता

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस २८, २०७९ 0९:३0
कोल्टी देखि धुलाचौर सम्म गाडीभाडा दोब्बर लिएपछी यात्रुलाई प्रहरीद्वारा रुपैया फिर्ता

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरी प्रशासन द्वारा फिर्ता गरिएको छ।

कोल्टी देखी धुलाचौर सम्म भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोली द्वारा पैसा फिर्ता  गरि दिएको छ। पुष २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म भट्टराई र गाडी साहु सेर बहादुर रावतले रु.४०० (चार सय रुपैयाँ ) भाडा मनोमानि असुली गर्दा धुलाचौर प्रहरी प्रशासन कार्यालय धुलाचौरले नियन्त्रणमा लिएर भाडा फिर्ता गराएको हो।

कोल्टी देखि धुलाचौर सडक खण्ड १७ किलोमीटरमा जिल्ला प्रशासन कार्यालयले सवारी साधनको  भाडादर प्रति किलोमीटर १२ रुपैयाका दरले कार्यान्वयन गरेको छ। उक्त प्रशासनले कोल्टी देखि धुलाचौर सडक चल्ने गाडी भाडादर २०४ रुपैयाँको दर लगाएको छ। सवारी साधनको भाडा नियम विपरीत चल्ने लाई धुलाचौर स्थायी प्रहरी चौकी कडा रूपमा लागिपरेको धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लले बताएका छन।  हालै कायम गरिएको  भाडादर

  • सेती कर्णाली खबर
  • बिहिबार, पुस २८, २०७९ 0९:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट