October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

युवा नेता शाही भन्छन बाजुरामा मतगणना बाहेक अर्को बिकल्प छैन

  • सेती कर्णाली खबर
  • मङ्लबार, मंसिर १३, २०७९ १0:३८
युवा नेता शाही भन्छन बाजुरामा मतगणना बाहेक अर्को बिकल्प छैन

         लोकेन्द्र बहादुर शाही (सचेत नेपाल)                     नेकपा एकिकृत समाजवादी  जिल्ला कमिटि                             सचिवालय सदस्य  बाजुरा                                                                 –  २०७९ साल   मंसिर ४ गते देशैभरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन उत्साहपुर्ण सम्पन्न भयो। जनताले भोट दिए तर बाजुरामा पुन:मतदान भएको ३ दिन बितिसक्दा पनि भोट गणना भएन अनि देशैभरी मतगणना सुरुभएर क्रमशः नतिजा निर्वाचन आयोगले प्रकाशन गर्‍यो ।तर बाजुरा जिल्लामा भने मतगणना सुरु गरेको छैन।जिल्ला भित्र जे जस्ता गतिविधि भएपनी मतगणना विकल्प छैन ।
बाजुरा जिल्लामा विधिवत स्थगित चुनाव पनि मंसिर १० गते सम्पन्न भएपक्षात पनि निर्वाचन आयोग सुनसान देखिन्छ । मतगणना नभएकोले मतदाताप्रती वितृष्णा जागेको छ!चुनावताका भएको घटनालाई लिई मतगणना सुरु नहुनू राम्रो कुरा होईन।घटनाको दोषीलाई कार्वाही गर्ने विषयमा कुनै पार्टी दलमा बिमती छैन । यो प्रष्ट छ।दोषीलाई हदैसम्मको कार्वाही गरिनुपर्छ ,गर्नुपर्छ।यसमा दुईमत छैन ।मात्र भएको छ मतदाताको मताधिकारमा राजनितिकरण र जनताले गरेको मतदानको अपमान जहाँ जनताले गरेको मतदानको सम्मान हुदैन त्यहाँ पुनः मतदान वा गजब छ।
पुनः मतदान केका लागि?र किन?धादलिरहित चुनाव सम्पन्न हुन्छ भन्ने ग्यारेन्टी के?यो केटाकेटी खेलाय जस्तो ,नेताले कर्मचारी थर्काए जस्तो,आफ्ना कार्यकर्ता हप्काए जस्तो , माईक्रोफोन समाई भाषण गरेर बोले जस्तो होईन। यो चुनाव हो चुनाव । यसमा जे पनि हुनसक्छ , नसोचेका अप्रिय घटना घट्न सक्छन् ।के त्रीवेणी ७को कल्पना गरेका थियो पक्कै थिएन यो कल्पना भन्दा बाहिरको बिषय थियो । तर हामिले कल्पना गर्नु हुदैन । यस्ता गजबको विषय बनाएका छन्। रबैया देखाएका छन्।जुन जनप्रीय निर्णय होईन।जनताले चाहेको पनि छैन!जनताले मात्र आफुले भोट हालेको उम्मेदवारले जित्यो कि हार्यो /विजय कि प्राजय खोजेका छन्। मतदान सहि गर्यौ या गलत छुट्याउन मात्र चाहेका छन।त्यसैले यो जिल्लाको निकाशको विषय मतगणना मात्र देखिन्छ निकास भनेनी मतगणना विनास भनेनी मतगणना मात्र मतगणना ।
यदि मतगणना भएन भने जनतामा वितृष्णा मात्र होईन विकृति मौलाउने छ । जुन यस्तो हुनेछ नेताका कठाला समाई घोब्रया ठ्याक लगाउने छन!यतिमात्र नभैइ पुनः मतदान गरौ भन्ने नेतालाई हामिले एकपटक मतदान गरेको भएन भनेर लजा कालोमोसो जुत्ता माला भृराउने छन् !अन्तमा पुनः मतदानको कल्पना नगरी ,मतगणना सुरु गरौ र बाजुरेली मतदातामा निराशा होईन आशा भरौ!सबैको कल्याण गरौं ।यो जिल्ला भरिका मतदाताको सम्मान गरौं ।मतदाताको मताधिकारमा राजनितिकरण नगरौ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, मंसिर १३, २०७९ १0:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?