October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नयाँ जोन सञ्चालन समन्वय समिति गठन

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ २६, २०७९ १३:३५
नयाँ  जोन सञ्चालन समन्वय समिति गठन

उमेश जङ्ग शाही, बाजुरा – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन स्याउ/ओखर जोनको आयोजनामा जोन सन्चालन समन्वय समितिको गठन आज पिलुचौरमा सम्पन्न भएको छ। लालबहादुर विष्टको अध्यक्षतामा बसेको भेलाको सञ्चालन परियोजना एकाइका खरिदार जयविर धामिले गरेका हुन। अथितिहरु कुन्ना चौकिका इन्चार्ज प्रहरी सहायक निर्णक्षक पदम बिष्ट , स्वामिकार्तिक खापर गाउपालिका कृषि साखा प्रमुख निरेस कटेल अतिथि रहेका थिय ।
स्वागत मन्तब्य परियोजना सुचना अधिकारी शेर बहादुर केसिले गरेकाहुन भने सुभकामना मन्तव्य परियोजना निमित्त वरिष्ठ कृषि अधिकृत पवन कुमार तिवारीले दिए ।

स्याउ ओखर जोन क्षत्र भित्रका आर्थिक वर्ष २०७८/०७९ र आर्थिक वर्ष २०७९/०८० मा सुचिकृत भएका १७३ कृषक समूह/ सहकारी तथा कृषि फर्म ( प्रा.लि) का पदाधिकारी को भेला बाट संयोजक सहित ९ सदस्यीय जोन सञ्चालन समन्वय समिति गठन भएको सेती कर्णाली खबरलाई परियोजना कार्यालयले जानकारी गराएको छ।
संयोजक
१ – मनबहादुर रोकाया
सदस्यहरु
२ – सरस्वती शाही
३ – खम्विर बिक
४- जनम धामी
५- लोचना बिष्ट
६- भिम बिष्ट
७ -ऐन बहादुर शाही
८ – पदम कला बुढा
९- हिमालि बाट एक सदस्य छनोट हुन बाँकी

जसमा जोन क्षेत्र भित्र बुढिनन्दा नगरपालिकाको वडा नं. २ बाहेक सबै वडा , स्वामिकार्तिक खापर गाउपालिकाको पाचै वडा र जगन्नाथ गाउपालिकाको सबै वडा र हिमालि गाउपालिकाको ६,७ वडा जोन क्षत्र घोषणा गरि परियोजनाले स्याउ , ओखर सम्बन्धी विभिन्न कार्यक्रम हरु आर्थिक वर्ष २०७८ /२०७९ देखि सञ्चालन गर्दै आएकोछ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ २६, २०७९ १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट