October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाली महिला समाज कतारको रमाइलो तिज तथा सचेतना कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १२, २०७९ 00:२८
नेपाली महिला समाज कतारको रमाइलो तिज तथा सचेतना  कार्यक्रम  सम्पन्न

शुलभ चन्द ,दोहा – नेपाली महिला समाज कतारको आयोजनामा रमाइलो तीज तथा सचेतना कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
“नेपाली महिला समाजको चाहाना,एकता र सहयोगको बिशुद्द सामाजिक भावना” भन्ने मुल नाराका साथ बि.सं २०६९ सालमा स्थापना गरिएको समाजको आयोजनामा रमाइलो तीज, तथा सचेतना कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो ।
‘प्रवासको व्यस्त जीवनलाई थाँती राखेर एकदिन तीजमा भएपनि धोको फुकाएर नाचगान गर्न दोहा स्थित “ओसिस बिच क्लवको सभाहलमा” शुक्रबार दिउँसो धपक्कै बलेको थियो । रातो साडी चुरा,पोते लगायतका गरगहनामा सजिएका कतारमा रहेका बाक्लो नेपाली महिलाहरुको उपस्थितिमा माहोल पूरै तीजमय बनेको थियो ।
दिउँसो १२ बजेदेखि नाच्न सुरु गरेका दिदीबहिनीहरु साँझ सम्म कार्यक्रम नसकिउञ्जेल तीजको दर सेल, रोटि, खिर, अचार लगायतका परिकारको स्वाद लिदै परम्परागत तीजका भाकाहरुमा धित मरुञ्जेल नाच्न छोडेनन् ।
प्रत्येक वर्ष मनाउदै आएको तिज कार्यक्रमलाई निरन्तरता दिदै यस वर्ष पनि समाजले गरेको कार्यक्रममा संस्थाकि अध्यक्ष सरिता भन्डारी पौडेलको सभापतित्व तथा नेपाली दूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकालको प्रमुख आथित्यता रहेको कार्यक्रममा कतारमा रहेका विभिन्न बैचारिक, सामाजिक, जिल्लागत संघसंस्था हरुको बाक्लो उपस्थिति रहेको थियो ।
बिधिवत उद्घाटन सहित अघि बढेको कार्यक्रममा प्रथम उपाध्यक्ष माया केसीले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य बाट स्वागत गरिन, स्थानिय कलाकारहरुले पनि स्वागत गीत प्रस्तुती दिएका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै ढकालले प्रवासमा आएर पनि महिला हरुको पर्व हरितालिका तीज पर्व मनाउन पाएकोमा खुशी व्यक्त गरे । नेपाली कला संस्कृतिलाई जोगाउने उद्धेश्य अनुरूप महिलाहरूको महान् चाडलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास जारी राखेकोमा महिला समाजलाई धन्यवाद व्यक्त गरे । कतारमा रहेका हरेक नेपाली महिलाहरूको पिडामा सहयोग गर्न नेपाल सरकार र नियोग सधैँ तत्पर रहेको बताउदै प्रमुख अतिथि ढकालले सम्पुर्ण नारीहरुलाई तीजको शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य टुङ्गाएका थिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुमा दूतावासका दृतिय सचीव प्रबिण भट्टराई, समाजकि प्रमुख सल्लाहकार अमिना खान लगायतले मन्तव्य राख्दै महिला समाज कतारले गरेको “तीज विशेष ” कार्यक्रमको प्रशंसा गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा रेष्मी वि.क,रेविका तामाङ,समृद्धि सापकोटा,शान्ति वलि,जिया हमाल,कृजल पन्थी,प्रज्ञा न्यौरे,सपना परियार,सृष्टि श्रेष्ठ,बर्बी खड्का,आरोही थापा,दिया सिंह,आरुषी रिजाल,सृष्टि लामा,गुना मगर”निशु”जस्ता कलाकारहरुले बेजोड प्रस्तुति राख्दै कार्यक्रम पुरै तिज विशेष बनेको थियो । उपस्थिति कलाकार हरुलाई समाजले सम्मान पत्र द्वारा सम्मान गरेको थियो ।
कतारमा रहेका विभिन्न संघसंस्था सह- आयोजक रहेको उक्त कार्यक्रमलाई समाजकी महासचिव कामना केसी र सचीव सन्ध्या अर्यालले सञ्चालन गरेकी हुन।
कार्यक्रमको समापन गर्दै सभापति पौडेलले कतारमा रहेका नेपाली दिदीबहिनिको साझा संस्था महिला समाज रहेको र यहाँ कार्यरत महिला दिदीबहिनी हरुलाई केही भैपरि आएको खण्डमा समाजलाई सम्झिन आग्रह गर्दै आफुहरु कतारमा कार्यरत महिलाहरु सङ्ग सहकार्य गदै अगाडि बढ्ने जनाइन ।साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरेकी थिइन ।
नेपाली महिला समाज कतारले प्रवासमा रहेका विभिन्न महिलाहरुका समस्याका समाधानका साथै सामाजिक कार्यहरु संगै स्वास्थ्य सम्बन्धी अभिमुखिकरण अनलाइन तालिमहरु समेत दिदै आएको छ। समाजले नेपाली हरुका चाड बाडमा समेत चेलीहरुलाई अभिभावकत्व प्रदान गर्दै आइरहेको छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, भदौ १२, २०७९ 00:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट