April 24, 2026 | शुक्रबार, बैशाख ११, २०८३

नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ

  • सेती कर्णाली खबर
  • बुधबार, असार ८, २०७९ 0३:0५

अर्घाखाँचीमा गत जेठ १ गते देखि यता  एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने  एक  महिला भएको प्रहरीले खुलासा गरेको छ।

सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई  सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो ।  तत्पश्चात ती  बालिकालाई  बलात्कार गराउनमा  हजुर आमा नाता पर्ने छिमेकी  ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको  खुलासा भएको हो ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती  ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट  खान जाउँ भन्ने आश्वासन दिदै र  अन्य लोभ लालच समेत देखाउँदै  बलात्कारको शिकार बनाएकी थिइन् ।

त्यस यता पनि  उनले आफ्नो घरमा र  पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर  न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाइएकोले  ती दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।

उनीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थालाले जानकारी दिएका छन।

  • सेती कर्णाली खबर
  • बुधबार, असार ८, २०७९ 0३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  