October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ

  • सेती कर्णाली खबर
  • बुधबार, असार ८, २०७९ 0३:0५
नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ

 

अर्घाखाँचीमा गत जेठ १ गते देखि यता  एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने  एक  महिला भएको प्रहरीले खुलासा गरेको छ।

सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई  सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको थियो ।  तत्पश्चात ती  बालिकालाई  बलात्कार गराउनमा  हजुर आमा नाता पर्ने छिमेकी  ४० बर्षीया महिला नै मुख्य सहयोगी रहेको  खुलासा भएको हो ।

पीडित पक्षले दिएको जाहेरी अनुसार गत जेठ १ गते राती  ती महिलाले बालिकाको घरबाट परिवारलाई कुनै जानकारी नगराई चाउचाउ , बिस्कुट  खान जाउँ भन्ने आश्वासन दिदै र  अन्य लोभ लालच समेत देखाउँदै  बलात्कारको शिकार बनाएकी थिइन् ।

त्यस यता पनि  उनले आफ्नो घरमा र  पटक पटक जंगल लगायत विभिन्न स्थानमा लगेर  न्यौपानेबाट बलात्कार गराई पैसा समेत लिने गरेको पाइएकोले  ती दुबैलाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मरबहादुर थापा क्षेत्रीले बताए ।

उनीहरु दुबै जना बिरुद्ध मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणी कसुरमा मुद्धा दर्ता गरि अदालतमा पेश गरि ६ दिन म्याद थप्दै अनुसन्धान अगाडी बढाईएको डिएसपी थालाले जानकारी दिएका छन।

  • सेती कर्णाली खबर
  • बुधबार, असार ८, २०७९ 0३:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट