October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एम सिसि पास भएपछि नेपाल तिर अमेरिकाको चासो बढ्यो ।

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ३०, २०७९ 0४:१३
एम सिसि पास भएपछि नेपाल तिर अमेरिकाको  चासो बढ्यो ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई लिएर प्रतिपक्षी मात्र नभएर सत्तारुढ दलहरु पनि सशंकित देखिएका छन् । पछिल्लो समय बाक्लिएको अमेरिकी अधिकारीहरुको नेपाल भ्रमण र देउवाको सदासायतालाई लिएर दलहरुले अनेक आशंका गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा असार दोस्रो साता संयुक्त राष्ट्र अमेरिकाको भ्रमणमा जाने तयारीमा छन् । नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा दिएकी थिइन् ।

८ जेठमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उपविदेशमन्त्री जियाले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमणको निमन्त्रणा गरेसँगै नेपालको परराष्ट्र मन्त्रालय र नेपालस्थित अमेरिकी दूतावास त्यसको तयारी थालेको छ । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने देउवाको अमेरिकासँगको निटतालाई लिएर सशंकित देखिन्छ । सन् २००२ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा देउवा अमेरिकाको भ्रमणमा गएका थिए । त्यसयता नेपालका प्रधानमन्त्रीहरुलाई अमेरिकाले भ्रमणको निम्तो नै दिएको थिए ।

२ दशकपछि पुनः देउवा नै प्रधानमन्त्री भएको वखत अमेरिकाले लेपाल भ्रमणको निम्तो दिनुलाई एमालेले संसयपूर्ण मानेको छ । एमाले सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग नै गरेका छन् । उनले प्रधानमन्त्रीको भ्रमण राजकिय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसदमा जानकारी गराउनुपर्ने बताए ।

उनले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षा मन्त्रीको हैसियतमा हुन लागेको हो भन्नेबारे पनि स्पष्ट पार्नुपर्ने बताए । यस्तै एमाले नेता डा भीम रावलले पनि प्रधानसेनापतिको अमेरिका भ्रमण र अमेरिकी जर्नेलको नेपाल भ्रमणको औचित्यमाथि समेत प्रश्न गरे । यी विषयको जवाफ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने रावलले बताए ।

प्रतिपक्षी दलमात्र होइन, देउवाको पछिल्ला गतिविधिबाट सत्तारुढ दलहरु पनि सशंकित देखिएका छन् । माओवादी केन्द्रले पनि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको आसन्न अमेरिकी भ्रमण स्थगित गर्न सदनमै माग गरेको छ ।

सदनबाट एमसीसी पास भएपछि नेपालमा अमेरिका हाबी भएकोमा परराष्ट्रविद्हरुले पनि आपत्ति जनाउने गरेका छन् । साथै प्रधानमन्त्री र प्रधानशेनापतिको हुन लागेको अमेरिका भ्रमण पनि कुटनीतिक मर्यदाविपरित हुन लागेको भन्दै परराष्ट्रविद्हरुले सचेत गराइरहेका छन् ।साभार – dainik news nepal

  • सेती कर्णाली खबर
  • सोमवार, जेष्ठ ३०, २०७९ 0४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट