October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

धनगढी सुपर लिगको खेल तालिका सार्वजनिक

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ३, २०७९ १४:२२
धनगढी सुपर लिगको खेल तालिका सार्वजनिक

 

मोहन  पनेरु कैलाली ,धनगढी ३ बैशाख । क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ को खेल तालिका सार्वजनिक भएको छ ।

लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीले खेल तालिका सार्वजनिक गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता जेठ ६ गतेबाट १४ गतेसम्म हुनेछ ।

सार्वजनिक खेल तालिका अनुसार पहिलो दिन दुई खेल हुनेछन्।

पहिलो खेलमा लिटल फ्लावर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा बुङगल क्रिकेट क्लब र कैलाली जिल्ला क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा देशका विभिन्न ६ वटा क्लबहरू बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहनेछ ।

टी–ट्वान्टी फर्म्याटमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख उपविजेताले १ लाख नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पाँच सय ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, जेष्ठ ३, २०७९ १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट