October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बैँकले गर्यो वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र ११, २०७८ १0:१३
बैँकले गर्यो वित्तीय  साक्षरता  कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण

उमेश जङ्ग शाही बाजुरा, विश्वव्यापी मौद्रिक सप्ताह (ग्लोवल मनि वीक) अन्तरगत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । हिमालयन बैंकले गाउँपालिकाको वडा नं. ४ स्थित स्वामीकार्तिक माध्यामिक विद्यालयमा सो बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण  कार्यक्रम सम्पन्न गरेको हो ।

ग्रामिण क्षेत्रमा बित्तीय सचेतना अभिबृद्धि गर्नका लागी सामाजिक उत्तरदायित्व अन्र्तगत देशब्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा स्वामीकार्तिक शाखा कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका शाखा प्रबन्धक ध्रुब बहादुर शाहीले जानकारी दिनुभयो । जिल्लाका ग्रामिण क्षेत्रहरुमा बित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्धेश्य रहेको शाहीले बताए ।

शुक्रबार सम्पन्न कार्यक्रम मुख्यरुपले बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अबिभाभकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरु, विद्यालयका शिक्षक,शिक्षिकाहरु, स्थानीयहरु र विद्यार्थीहरु लगायत करिब २५० जनाको सहभागिता रहेको थियो ।

बिद्यालयका प्राधानाध्यापक शक्ति सिंह कठायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख सरोेज रेग्मी, स्वामीकार्तिक शाखाका प्रबन्धक ध्रुब बहादुर शाही तथा जगन्नाथ शाखाका प्रबन्धक रेम प्रसाद कंडेलले वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा बैंकले कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई वित्तीय साक्षरता सामग्री सहितको अभ्यास पुस्तिका तथा शैक्षिक सामग्री बितरण गरेको थियो ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, चैत्र ११, २०७८ १0:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट