October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

माओवादीकेन्द्रका वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ५, २०७८ 0१:0५
माओवादीकेन्द्रका वडा अध्यक्ष  नेकपा एमालेमा प्रवेश

बाजुरा,नेकपा एमाले बृहत् वडा प्रशिक्षण भेला स्वामिकार्तिक खापर गाउपालिका वडा नम्बर३ जुकोटमा हिजो सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमका सभापति कुबेर बहादुर शाही वडा कमिटि अध्यक्ष , प्रमुख अथिति नेकपा एमाले केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य लाल ब. थापा तेस्तै विशिष्ट अथितिहरु नेकपा एमाले बाजुरा जिल्ला अध्यक्ष तथा जगन्नाथ गाउपालिका अध्यक्ष काली बहादुर शाही ,सुदुर पश्चिम प्रदेश सदस्य रङ्गमान शाही ,नेकपा एमाले जिल्ला कमिटी  सचिव भरत थापा, उपसचिव जनक बोहोरा, उपसचिव हरि रोकाया , निवर्तमान सचिवालय सदस्य भुगोल इन्चार्ज लोक जङ्ग हमाल , जिल्ला कमिटि सद्स्यहरु यूवराजशाही, मेघराज शाही, मन रोकाया लगायत अथितिहरु रहेका थिय । आगामि बैसाख ३० गते स्थानिय तहको दोस्रो निर्वाचन लाई लक्षित गरि वडा प्रशिक्षण कार्यक्रम को आयोजना गरिएको हो ।स्वामिकार्तिक खापर गाउपालिक वडा नम्बर ३ का नेकपा माओवादि केन्द्रका कमिटि अध्यक्ष दत्त कडाराले माओवादि केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश
गरेका छन । वडा प्रशिक्षण कार्यक्रममा नेताहरुले चोइटिएर गएको नेकपा समाजवादी पार्टिको भ्रम मा नपर्न जनताहरुलाई आग्रह गरेका छन। गाउपालिकामा बिकासि बजेट नभएको र गाउपालिका अध्यक्षले
आयोजनाहरु जनतालाई बितरण गरेको आरोप लगाएका थिय । । प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले नेपाली कङ्ग्रे्स अब टर्च लगाएर खोज्नु पर्ने अवस्थामा पुग्ने बताए ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ५, २०७८ 0१:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट