September 13, 2025 | शनिबार, भदौ २८, २०८२

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ २७, २०८२ २१:0५
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् संसद् विघटनको सिफारिस, फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

काठमाडौँ —अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा संसद्‍ विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्रीको सिफारिस आजै राष्ट्रपतिबाट स्वीकृत भएको छ ।

राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले राष्ट्रपतिले संसद्‍ विघटनको सिफारिस स्वीकृत गरेको बताए । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मितिसमेत तोकेकी छिन् ।

भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच कार्कीले शु्क्रबार राति नै प्रधानमन्त्री पदको शपथ लिएकी थिइन् । संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्राध्यक्षको अधिकार प्रयोग गरी राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

भदौ २३ र २४ गतेको जेन–जी विद्रोहले भ्रष्टाचार, अनियमिता र मनोमानी शासनमा अभ्यस्त दलहरूको रजगज त ढाल्यो नै, मुलुकको कार्यकारी प्रमुखको कुर्सीमा पहिलो पटक महिलालाई बसायो । अति छिटो गरी भएको सत्ता उथलपुथलले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरिदिएको छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, भदौ २७, २०८२ २१:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?