July 10, 2025 | बिहिबार, असार २६, २०८२

कार्य सम्पादन मुल्याङकनमा मन्त्री पाण्डेको पर्फर्मेन्स उत्कृष्ट,८०.५५%

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ७, २०८१ 0२:४३
कार्य सम्पादन मुल्याङकनमा मन्त्री पाण्डेको पर्फर्मेन्स उत्कृष्ट,८०.५५%

 सेतीकर्णाली खबर,बाजुराःनेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री ब्रदी प्रशाद पाण्डेकोे कार्य सम्पादन मुल्याङकन पर्फर्मेन्स उत्कृष्ट देखिएको छ । प्रधानमन्त्री कार्यालयले जारी गरेको पुससम्मको कार्यसम्पादन प्रगति विवरणअनुसार सम्पन्न हुनुपर्ने माइलस्टोन र गतिविधिको आधारमा क्याबिनेटका आधाभन्दा बढी सदस्य फेल भएका छन् ।चालू आर्थिक वर्षको पहिलो ६ महिना साउनदेखि पुससम्म मा सम्पन्न हुनुपर्ने माइलस्टोन तथा क्रियाकलापमा मन्त्री पाण्डेको मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो कार्य सम्पादन मुल्याङनको पर्फर्मेन्स उत्कृष्ट ल्याएको हो ।८ जना औसत आसपास अंक ल्याएर पास हुँदा २ जनाको पर्फर्मेन्स उत्कृष्ट देखिएको हो ।जसमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले सतप्रतिशत अंक ल्याएका छन् । भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ८०.५५ प्रतिशत अंङक ल्याएका छन् ।आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न गरिसक्नुपर्ने कामको हिसाबले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सबैभन्दा कमजोर देखिएका छन् । उनको मन्त्रालयले ७.९ प्रतिशत काम मात्र सम्पन्न गरेको छ । ‘क्रियाकलाप सम्पादनको तुलना गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समीक्षा अवधिमा सम्पन्न हुनुपर्ने क्रियाकलाप एउटा रहेकोमा लक्ष्यबमोजिम शतप्रतिशत सम्पन्न भएको देखिएको छ ।यता कानुन मन्त्रालयमा ‘सम्पन्न हुनुपर्ने माइलस्टोनको स्थितिलाई तुलनात्मक रूपमा हेर्दा सतप्रतिशत माइलस्टोन सम्पन्न भएको देखिन्छ ।

पर्यटन मन्त्री ब्रदी प्रशाद पाण्डेको मन्त्रालयले पनि हरेक क्षेत्रमा राम्रो सुधार गर्दै गईरहेको देखिएको छ । संस्कुति,पर्यटन तथा नागरिक उड्ुडयनका क्षेत्रमा मन्त्रालयले राम्रो कार्य गर्दै अगाडी बढिरहेको तथ्याकंले देखाएको छ ।कानुन मन्त्रालय र पर्यटन मन्त्रालयले दृढतापुर्वक आफ्नो जिम्वेवारी बहन गरेर ६ महिनामा राम्रो नतिजा ल्याउन सफल भएका छन् ।समग्र देशको संस्कृति,पर्यटन तथा हवाई क्षेत्रको सुधार र विकासमा लागीरहेका मन्त्री पाण्डेले पर्फर्मेन्स उत्कृष्ट देखाएका हुन् । “कामको परिणाम जादुको छडी घुमाएको जस्तो हुदैन्,जसको परिणाम बिस्तारै आउँछ ” भन्ने हेतुका साथ अगाडी बढिरहेका पाण्डेले ६ चालु आर्थिक बर्षको पहिलो ६ महिनाको प्रगती विवरण पर्फर्मेन्स उत्कृष्ट ल्याउन सफल भएका हुन् ।

मन्त्री पाण्डेले सर्वप्रथम मन्त्रालयले नितिगत परिर्वतन,र कानुनी परिर्वतनको एउटा राम्रो बाटो तय गरेर अगाडी बढेको हुँदा त्यसबाट राम्रो परिणाम ल्याउन सजिलो भएको बताएका छन् ।उहाँले भन्नुभयो,“मन्त्रालयले नितिगत तथा कानुनी सुधारकै बाटोबाट अगाडी बढेर काम गरिरहेको हुँदा यस्तो परिणाम ल्याउन सकेको हौ ” ।बिभिन्न चुनौतीले गर्दा भने अनुसार सत प्रतिशत परिणमा ल्याउन नसकिए पनि आगामी दिनहरुमा थप कमजोर पाटोलाई सुधार गर्दै सत प्रतिशत अङक ल्याउने गरि कार्य सञ्चालन गरिने उनले बताए । नेपालको संस्कृति,पर्यटन तथा नागरिक उड्डनका क्षेत्रमा आफु मन्त्री पदमा हुँदा सम्म रातदिन मन्त्रालयको काम कर्तब्यलाई उच्च प्राथामिकताका राखेर अगाडी बढाउने मन्त्री पाण्डेले बताएका छन् ।

बिभिन्न विमानस्थलको स्तरउन्नतीको बिस्तार कार्य पनि गर्नुपर्ने,हवाई तथा ,संस्कृतिका क्षेत्रमा पनि सुधार गर्नुपर्ने,पर्यटन तथा नागरीक उड्डयनलाई पनि थप मजबुल बनाएर अगाडी बढाएर लैजानुपर्ने लगायतका कामहरु बाँकी नै रहेकोले ति कार्यहरुलाई पुरा गरेर सत प्रतिशत अंङक ल्याउने गरि मन्त्रालयले जिम्वेवारी वहन गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् । आन्तरिक विमानस्थललाई निजीक्षेत्रको सहकार्यमा पाराग्लाइडिङ, पारासुट, स्काई डाइभिङ, अल्ट्रालाइट जस्ता मनोरञ्‍जनात्मक र साहसिक पर्यटकीय गतिविधिका लागि उपयोग गर्नुपर्ने सरकारी प्रतिबद्धतालाई पनि अगाडि बढाउनुपर्ने हुँदा यस्ता बिभिन्न कार्यहरु सञ्चालन भईरहेको र क्रमिक रुपमा कार्यहरु पुरा हुँदै राम्रो परिणाम आउँने क्रम जारी रहने मन्त्री पाण्डेले बताए ।

मन्त्री पाण्डे बाजुराबाट २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुरा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।पाण्डे नेविसंघको राजनीतिबाट उदाएका पार्टीको केन्द्रीय सदस्य, पार्टीको सहमहामन्त्री हुँदैे अहिले नागरिकक उड्डयन तथा पर्यटन मन्त्री बनेका छन् ।पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व हुने र सरकारमा रहेर काम पनि गरेर देखाउन सक्ने छवि पाण्डेमा रहेको छ । तीन तिन पटक संसदमा प्रतीनिधित्व गरिसकेका पाण्डे पहिलो पटक मन्त्रिको रुपमा सरकारमा सहभागी छन्।

उहाँ त्यो भन्दा अगाडी २०७० सालको संविधान सभाको समानुपानिक सांसद,र २०७४ मा राष्ट्रिय सभाका सदस्य पनि भइसकेका थिए ।प्रत्यक्ष निर्वाचन प्रणालीबाट २०७९ मा बाजुराबाट प्रतिनिधी सभामा निर्वाचित भएपछि पार्टीको गगन र शेखर कोइराला टिमबाट सहमहामन्त्री पाण्डे मन्त्री बनेका थिए ।

  • सेती कर्णाली खबर
  • बुधबार, फाल्गुन ७, २०८१ 0२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।