January 13, 2025 | सोमवार, पुस २९, २०८१

गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

  • सेती कर्णाली खबर
  • सोमवार, पुस २९, २०८१ १६:२३
गाउँपालिका स्तरीय  तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा
 उमेश जङ्ग शाही  २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे ।

गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्डकाे प्रतियाेगिताकाे उपाधी शुम्भु- सुनन्दा मा. वि. जुकाेटले उचालेकाे छ । १० स्वर्ण,७ रजत,८ कास्य गरि २५ पदक प्राप्त गरेर   श्री शम्भु  शुनन्दाले पदक जितेकाे हाे । त्यस्तै ८ स्वर्ण,१० रजत र ४ कास्य सहित २२ पदक प्राप्त गरेर कुलादेवि मा. वि बर्कु द्वितिय भएको छ भने ६ स्वर्ण,७ रजत र ८ कास्य सहित २१ पदक प्राप्त गरेर स्वामिकार्तिक मा. वि वाई तृतिय भएको छ ।

त्यस्तै शम्भु शुनन्दा मा.वि. जुकुले ३ स्वर्ण,३ रजत र ८ कास्य सहित १४ पदक प्राप्त गरेकाे छ । भैरवनाथ मा.वि. ले ३ स्वर्ण,० रजत,र ४ कास्य सहित ७ पदक र राघुमाता मा.वि. साप्पाटाले ० स्वर्ण,३ रजत र २ कास्य सहित ५ पदक ल्याएकाे छ । गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलमा प्रथम ,दोस्रो र तेस्रो स्थान हासिल गर्ने विधालयलाई कप,मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियाे। त्यस्तै विधार्थिहरुलाई पुरस्कार स्वरूप प्रथम हुनेलाई गोल्ड मेडल दोस्रोलाई कास्य मेडल र तेस्रो लाई रजत मेडल प्रदान गरिएको गाउँपालिकाकाे शिक्षा तथा युवा खेलकुद शाखा संयोजक  भानु भक्त भट्टले सेतीकर्णाली बताए ।

प्रतियोगिता  अबधिभर खेललाई सहजिकरण गर्ने खेल प्रशिक्षकहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको हो । रनिङ शिल्ड प्रतियोगितामा भलिवल,कवड्डी लगायत एथ्लेटिक्स तर्फका सम्पुर्ण विधाका खेलहरु खेलाईएकाे थियाे । उपस्थिति ६ वटा बिद्यालयका बिद्यार्थीहरु बिच भलिवल,कबड्डि लगायत एथ्लेटिक्स तर्फका खेलहरुमा प्रतिस्पर्धा गराइएकाे थियाे।

गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगितामा समापन कार्यक्रममा पालिका अध्यक्ष भरत बहादुर राेकाया,उपाध्यक्ष सुलाेचन भण्डारी ( बुढा)   नायब सुब्बा  कुमेर शाही,जनप्रतिनीधि, पूर्व जनप्रतिनीधि, शिक्षक, विद्यार्थी, पत्रकार , सुरक्षाकर्मी र स्थानीयहरुको बाक्लो उपस्थिति  रहेकाे थियाे। कार्यक्रम  सञ्चालन  नहकुल जोसिले गरेका हुन।

कसले कति पदक प्राप्त  गरे तल पदक तालिका हेर्नुहोस।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस २९, २०८१ १६:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट