सेती कर्णाली समाचार
उमेश जङ्ग शाही २६पौष बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर गाउँपालिकाले गरेको स्वामिकार्तिक माविका विधालय व्यवस्थापन समिति अध्यक्ष धर्म सिह धामिले सेतीकर्णाली खबरलाइ बताए ।उक्त राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तिन दिन सम्म सञ्चालन हुनेछ। छ वटै विधालयका खेलाडीहरुले हाइ जम्प, लङजम्प, त्रिपल जम्प, सटपुट, ज्याप्लिङ थ्रो, १०० मिटर दौड , २०० मिटर दौड, ४०० मिटर दौड, 800 मिटरदौड,१५०० मिटर दौड, ३०००मिटर दौड, रिलेदौड ४×१००, ४×४०० रिले दौड, कबड्डि, भलिबल,तेक्वान्दो , विभिन्न विधाका खेलमा प्रतिस्पर्धा गर्ने भएका छन । गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलमा प्रथम , दोश्रो , तेस्रो स्थान हासिल गर्ने विधालयलाई ठुलो कप, मझौला कप र सानो कप सहित प्रमाण पत्र पाउनेछन तेस्तै विधार्थिहरुलाई पुरस्कार स्वरूप प्रथम हुनेलाई गोल्ड मेडल दोस्रोलाइ कास्य मेडल तेस्रो लाई रजत मेडल प्रदान हुनेछन भने विभिन्न विधाका खेलमा प्राप्त गरेका गोल्ड, कास्य र रजत मेडलहरुको आधारमा राष्ट्रपति रनिङ शिल्ड विधालयलाई प्रदान गरिने शिक्षा तथा युवा खेलकुद साखा प्रमुख दिपक शाहीले सेतिकर्णाली अनलाइन खबरलाई जानकारी दिएका छन। उद्घाटन समारोहमा गाउपालिका अध्यक्ष भरत रोकाया , उपाध्यक्ष सुलोचना बुढा ,पुर्व गापा अध्यक्ष चिरञ्जीवी शाही , शिक्षा तथा यूवा खेलकुद साखा प्रमुख दिपक शाही, वडा नं.४का वडा अध्यक्ष सिङग धामि र कमल बुढाले शुभकामना मन्तव्य राखेको बताइएको छ। खेल क्षेत्रमा सुनौलो भविष्य संगै पहिचान र रोजगारी पाउने अवसर रहेको र खेलाडीले आफ्नो खेल देखाउने मौका हुनाले शान्त मर्यादित , अनुशासित, इमानदारी ढङ्गले खेल खेल्नु पर्ने , खेलाउनु पर्ने र खेलाडी विद्यार्थीहरुलाई राम्रो खेल खेलेर स्वामिकार्तिकको नाम जिल्ला, प्रदेश र केन्द्र सम्म उच्च स्थानमा राख्ने कुरामा शुभकामना मन्तव्य राख्नेहरु सबैले जोड दिएको पाइएको छ। यस पटक द्वन्द्व शिर्जना भएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित हुनगएमा फेरी वाइमा यस प्रतियोगिताको आयोजना गर्ने अवसर नपाइने सम्भावना भएकोले स्थानिय र आयोजक विधालय गम्भीर भएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता द्वन्द्व रहित ,शान्त मर्यादित, र निश्पक्ष रुपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्ष रोकायाले शुभकामना मन्तव्यक्रममा आग्रह गरेकाछन।
गाउँपालिका स्तरीय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोह कार्यक्रमका सभापति स्वामिकार्तिक मावि वाईका विधालय व्यवस्थापन समिति अध्यक्ष धर्म सिङ धामी, प्रमुख अतिथि स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकाया, विशिष्ट अतिथि गाउपालिका उपाध्यक्ष सुलोचना बुढा,पुर्व गाउपालिका अध्यक्ष चिरञ्जीवी शाही , निमित्त प्रसासकिय अधिकृत अमर रोकाया, नायव सुब्बा कुमेर शाही अतिथिहरु विभिन्न राजनितिक दलका प्रतिनिधि लगायत ६ ओटै माबिका सहित सबै गाउपालिका भित्ररहेका विधालयका विव्यस अध्यक्ष , ५ वटै वडाका वडा अध्यक्ष, गाउपालिका भरि रहेका विधालयका प्रधानाध्यापक , स्वामिकार्तिक खापर गाउपालिका शिक्षा तथा युवा खेलकुद साखा प्रमुख दिपक शाही, शिक्षा संयोजक भानुभक्त भट्ट, नेपाल पत्रकार महाँसंघ बाजुरा कोषाध्यक्ष उमेश जङ शाही, छवटै माविका खेल प्रशिक्षकहरु, खेल खेलाउने एम्पाएरहरु (मुल्यांकनकर्ता) , कार्यपालिका सदस्यहरु, वडासदस्यहरु र विभिन्न रेडियो अनलाइन पत्रपत्रिकामा कार्यरत पत्रकारहरुको आथित्यता संगै स्थानिय र विद्यार्थीहरुको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन नहकुल जोशीले गरेका हुन। गाउपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रमुख अतिथि गाउपालिका अध्यक्ष रोकायाले व्यानर पढेर उद्घाटन गरेका हुन। जनप्रतिनिधि कर्मचारी र विधालय व्यवस्थापन समितिका अध्यक्षहरुले दौडेर खेलको सुरुवात गरेका हुन उक्त दौडमा शम्भु सुनन्दा माविका वि.व्य.स.अध्यक्ष मेघराज शाही प्रथम भएका हुन भने दोस्रो स वडा नं.३का वडा अध्यक्ष प्रेम कटेल र निमित्त प्रमुख प्रसासकिय अधिकृत अमर रोकाया तेस्रो स्थान हासिल गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिले जनाएको छ। गाउपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउदो सनिवार सम्पन्न हुने बताइको छ।