October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हिमाली गाउँपालिकाले ३७ करोड ५३ लाख ५४ हजार बजेट पेश

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ११, २०८१ 00:५८
हिमाली गाउँपालिकाले ३७ करोड ५३ लाख ५४ हजार बजेट पेश

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३७ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन पेश गरेको छ।

सोमबार बसेको हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा चौधौं अधिवेशन मार्फत उपाध्यक्ष राजकला सार्कीले बजेट प्रस्तुत गरेकी हुन्। आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम कार्यान्वयनको गर्नका लागि अनुमान बजेट पेश गरिएको हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताएका छन। संघीय सरकारबाट हस्तान्तरित शसर्त अनुमान रु. १३ करोड २४ लाख ७० हजार प्रदेश सरकार हस्तान्तरिक शसर्त अनुमान रु. ७० लाख ५० हजार संघीय सरकार समानिककरण अनुदान रु. ७ करोड ७० लाख प्रदेश सरकार समानिकरण अनुदान रु. ६३ लाख ५९ हजार संघीय सरकारबाट राजस्व बाडफाट रु.८ करोड ७४ लाख प्रदेश सरकारबाट राजस्व बाटफाट रु. ८ लाख ५९ हजार संघीय विशेष अनुदान १ करोड २७ लाख ७६ हजार गाउँपालिकाको आन्तरिक राजस्व अनुमान रु. ४७ लाख ५० हजार गत वर्षको बैंक मौज्दात रु.१ करोड ७८ लाख ४२ हजार गाउँ सभामा उपाध्यक्ष कार्कीले पेश गर्नु भएको छ।

आर्थिक वर्ष २०८१/०८२ को चालु तर्फ रु.२२ करोड १४ लाख ५४ हजार पुजीगत तर्फ रु.१३ करोड १३ लाख ३५ हजार अल्या तर्फ रु.२ करोड २५ लाख ९१ हजार बजेट रहेकोे छ। यसैगरी गाउँपालिकालाई सहयोग गर्न साझेदारहरु जे.आइ.जेट. आइ.एन.एफ. आइ.डि.एस. नेपाल फेज नेपाल पिसविन सुआहारा एच.आर.सी. लगायतका अन्य विकास साझेदारहरु निति क्षेत्र सहकारी र बैंक वित्तीय संस्था संगको सहकार्यमा हिमालीको समृद्धिको यात्रा निरन्तरता दिइनेछ। गाउँपालिका ठुला तथा साना व्यापार व्यवसाय लगायत राजस्व असुली बलियो आधार नभएकोले आन्तरिक आम्दानी ज्यादै न्युन रहेकोे छ। विविध समस्या बाबजुद पनि आर्थिक वर्ष २०८१/०८२ लाई राजस्व असुलीको वर्षको रूपमा लिइ राजस्व संकलनलाई आधार वर्षको रूपमा लिइने भएको हिमाली गाउँपालिक अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

  • सेती कर्णाली खबर
  • मङ्लबार, असार ११, २०८१ 00:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट