October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

किसान धान रोपाइँमा व्यस्त

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३१, २०८१ 0१:५१
किसान धान रोपाइँमा व्यस्त

सेतीकर्णाली खबर/बाजुरा- जेष्ठ महिना लागे लगत्तै किसान धान रोपाइँमा व्यस्त रहेका छन।

चैत १२ गते राखेको धानको बिउ जेष्ठ महिना सुरुवात लगत्तै बाजुराका अधिकास स्थानमा धान रोप्न सुरु गरेका छन। अहिलेको समय गाउँका महिला दिदीबहिनीहरु धान रोप्न व्यस्तता रहेका छन। धान खेतीयोग्य जमिनमा उत्पादन घट्दै गइरहेको अवस्था रहेकोे छ।

गाउँ घरमा महिला पुरुष धान रोप्ने काम निरन्तर गरिरहेका छन। जेष्ठ महिना सुरु भएको धान रोप्ने काम असार महिना सम्म धान बाजुराका आसपासका मान्छेहरू धान रोप्ने खेतीपाती अरु महिना भन्दा बढी व्यस्त रहेकोे छन। गाउँमा धेरै मान्छेहरू धान रोप्न काम गरेका छन। खाद्य चामल घर घरमा ल्याएर खाने गरेका छन। पहिले वर्ष भन्दा आजभोलि धान कमैले धान रोप्ने गरेको स्थानीयले बताएका छन।

खेती किसानी गर्ने समय जेष्ठ देखि असार महिना र असोज महिना देखि कार्तिक समय कृषक खेतीपाती क्षेत्रमा बढी समय लागिपर्ने सिजन कामको चापमा हुन्छ्न। अहिले लगाएको धानबाली असोज महिना भित्र धान काटेर घरमा भित्र्याउने काम गर्ने गर्छन। पुरानो तरिकाले कृषि क्षेत्रमा काम गर्दा उत्पादन कमि भएको हुन्छ।

आधुनिक प्रविधि अनुसार कृषि क्षेत्र लगानी लगाएर काम गरियो भने उत्पादन संगै आमदानी स्रोत बढ्ने सम्भावना रहेकोे छ। पहिले देखि गर्दै आइरहेको कृषि पेशा अहिलेसम्म उस्तै खेतीपाती चलिरहेको छ। अब नयाँ ढङ्गले कृषि क्षेत्रमा काम गरेर लागिपर्ने हो भने जीविकोपार्जन गर्न सहज सरल हुने भएको स्थानीयले बताएका छन।

  • सेती कर्णाली खबर
  • बिहिबार, जेष्ठ ३१, २०८१ 0१:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट