October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल रेडक्रस बाँधु तथा रुगिन उप-शाखाको पाँचौ अधिवेशन सुरु

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन १३, २०८० ११:१९
नेपाल रेडक्रस बाँधु तथा रुगिन उप-शाखाको पाँचौ अधिवेशन सुरु

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका नेपाल रेडक्रस सोसाइटी बाँधु तथा रुगिन उप-शाखा बाजुरा पाँचौ उप-शाखा अधिवेशन सुरु गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी रुगिन उप-शाखाका सभापति जय बहादुर भण्डारी अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी बाँधु तथा रुगिन उप-शाखा संयुक्त पाँचौ उप-शाखा अधिवेशन कार्यक्रम सुरु गरिएको छ। रेडक्रस विशेषगरी विपदका काम सहयोग गर्नका निम्ति पहिलो एक किसिमको सहयोगी हातको रूपमा लिने गरिन्छ।

हिमाली गाउँपालिका तत्काल घटेका दुर्घटना लाई मध्यनजर गरेर काम गर्ने यसलाई मानिन्छ। जसले जनता आगलागी, बाढीपीडित तथा पिदतमा घटना संग जोडिएको काम सहज गर्नेका लागि रेडक्रस पहिलो काम रहेकोे छ। यसले जुन खालको पिदमा काम गर्ने सक्ने पदाधिकारी रहन जरुरी रहेको छ। पद चयन हुने कुरामा कुनै पाटी बिपाटी नभए काम गर्ने खालको एउटा राम्रो सक्रिय टिमलाई बनाउन जरुरी रहेको छ।

यसलाई अझ मजबुत बनाउन संगै विभिन्न किसमका पिदम रहेका घटनालाई जोड दिएर काम अगाडि बढने खालको समिति छनोट प्रक्रिया राम्रो गरोस् भनेका छन। थप अधिवेशन शुभकामना मन्तव्य राख्दै नयाँ पदाधिकारी पहिलोको भन्दा अझ गर्ने खालका मान्छेलाई चयन गर्नुपर्ने जरुरी रहेको नेपाल रेडक्रस जिल्ला शाखा मन्त्री टक न्यौपाने बताएका छन।

कार्यक्रम सभापति नेपाल रेडक्रस सोसाइटी रुगिन उप-शाखाका सभापति जय बहादुर भण्डारी प्रमुख अतिथि हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्की बिशिस्ट अतिथि नेपाल रेडक्रस सोसाइटी शाखा बाजुरा मन्त्री टक न्यौपाने लगायत विभिन्न पाटी प्रतिनिधि नेपाल रेडक्रस सोसाइटी बाँधु तथा रुगिन उप-शाखा कार्यसमितिको उपस्थितिमा अधिवेशन सुरु गरिएको छ।

कार्यक्रम संचालक नेपाल रेडक्रस सोसाइटी बाँधु उप-शाखा उपसभापति विष्णु भक्त रावत गर्नु भएको छ। अहिले नयाँ समिति छनोट प्रक्रियामा बन्द सत्र रहेकोे छ। हामी एक आपसमा मिलेर राम्रो नेतृत्व चयन गर्ने भएको छ। आजको दिनमा राती सम्म भएपनि कार्यसमिति नयाँ चयन गराउन तर्फ लागिपरेको नेपाल रेडक्रस सोसाइटी बाँधु तथा रुगिन उप-शाखाले जनाएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन १३, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट