October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

७१ बर्ष पछि लालकिल्ला भत्काए काङ्ग्रेसका अमित ज्यु ठकुरीले

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0९:0७
७१ बर्ष पछि लालकिल्ला भत्काए काङ्ग्रेसका अमित ज्यु ठकुरीले

शम्भु शाही ठकुरी सिराहा, २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशन सम्पन्न भएको एतिहासिक स्थल हो सरे अम्बास । स्वर्गीय मदन भण्डारीलाई महासचिबमा निर्बाचित गराउने यस स्थान हाल सिरहा जिल्लाको धनगढी नगरपालिका १४ राजनैतिक रुपमा कम्युनिस्टहरुको गढ नै मानिदै आएको थियो । २००७ साल पछि हरेक पटक लाल झन्डा फहराउदै आएको यश क्षेत्रमा पहिलो पटक नेपाली काङ्ग्रेस पार्टी बाट अमित ज्यु ठकुरी निर्बाचित हुनु भएको छ । कम्युनिस्ट पार्टीका अधिकाश नेताहरु नजर बाट ओझेल पर्दै गएको यस क्षेत्रमा सडक,विद्युत,खानेपानी,स्वास्थ,शिक्षा जस्ता आधारभूत कुराहरू बाट पनि बन्चित रहेको अबस्थामा अमित ज्यु ठकुरीको बिजयीले जनता बिकासको लागि परिबर्तन चाहेको प्रष्ट हुन्छ । २०१९ सालमा उदयपुर बाट सरे अम्बास बसाइ सरेका कटक बहादुर कार्की आफू एक्लै हुदा पनि निरन्तर परिबर्तनका लागि लडिरहेको र ८० बर्षको हाराहारीमा आइपुग्दा बल्ल काङ्ग्रेसलाई जिताउन सफल भएको बताउनु हुन्छ उहाँ हाल नेपाली काङ्ग्रेस वडा सभापति हुनु हुन्छ ।
कम्युनिस्ट पार्टी देखि वाक्क भएर काङ्ग्रेस लाई जिताएको हैन भ्रष्ट नेताहरु देखि वाक्क भएर अमित ठकुरी लाई बिजयि गराएका हौ । उनको निस्कलन्क छवि सहयोगी र असल ब्यक्तीत्व मात्र नभएर पदमा नहुदा पनि बिकासका लागि पहल गरिरहने स्वभाव नै जीतको कारण रहेको स्थानीय मिथुन बहादुर बस्नेत भन्नू हुन्छ । १२७१ मतमा ५२२ मत प्राप्त गरि बिजयी भएका अमित ज्यु ठकुरीका प्रमुख प्रतिद्वन्द्वी एमालेका नरेन्द्र सुनुवार ३३८ मत प्राप्त गरेका थिए ।
युवाहरुलाई खेलकुदमा लाग्न सधै अभिप्रेरित गरिरहने बिद्रोही स्वाभाबका ३४ बर्षे युवा अमित ठकुरी जीत पछी आफ्नो पहिलो लक्ष्य शिक्षा सडक खानेपानी रहेको साथै कृषिमा आधारित आयमूलक ब्यबासाय नै परिबर्तनको लागि प्राथमिकता रहनेछ । मेरो कर्मले नै मलाई स्थापित गराउनेछ । जनताले म प्रती गरेको बिश्वास लाई घात हुन दिइनेछैन । जनतालाई रत्तिभर निरास हुन दिन्न । धर्म र सस्कृतिलाई आधार मान्दै बिबाद रहित भएर मेरो कार्यकाल सप्पन्न गर्नेछु । जीत पछि खुशी मनाउदै घरदैलो गर्ने कार्यक्रममा बृद्द बृद्दाहरुले आशीर्वाद दिदै ठकुरीको स्वभाव सेवा गर्ने हो सेवा गर्ने अबसर आएको छ मौका नगुमाउनु भन्दै आशिर्वाद दिएको थियो । ठकुरी सहयोग संजालको जिल्ला अध्यक्ष रहि सामाजिक सेवामा आबद्द हुनुहुन्छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0९:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट