August 11, 2026 | मङ्लबार, साउन २६, २०८३

७१ बर्ष पछि लालकिल्ला भत्काए काङ्ग्रेसका अमित ज्यु ठकुरीले

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0९:0७

शम्भु शाही ठकुरी सिराहा, २०४६ सालमा नेकपा (एमाले)को चौथो महाधिवेशन सम्पन्न भएको एतिहासिक स्थल हो सरे अम्बास । स्वर्गीय मदन भण्डारीलाई महासचिबमा निर्बाचित गराउने यस स्थान हाल सिरहा जिल्लाको धनगढी नगरपालिका १४ राजनैतिक रुपमा कम्युनिस्टहरुको गढ नै मानिदै आएको थियो । २००७ साल पछि हरेक पटक लाल झन्डा फहराउदै आएको यश क्षेत्रमा पहिलो पटक नेपाली काङ्ग्रेस पार्टी बाट अमित ज्यु ठकुरी निर्बाचित हुनु भएको छ । कम्युनिस्ट पार्टीका अधिकाश नेताहरु नजर बाट ओझेल पर्दै गएको यस क्षेत्रमा सडक,विद्युत,खानेपानी,स्वास्थ,शिक्षा जस्ता आधारभूत कुराहरू बाट पनि बन्चित रहेको अबस्थामा अमित ज्यु ठकुरीको बिजयीले जनता बिकासको लागि परिबर्तन चाहेको प्रष्ट हुन्छ । २०१९ सालमा उदयपुर बाट सरे अम्बास बसाइ सरेका कटक बहादुर कार्की आफू एक्लै हुदा पनि निरन्तर परिबर्तनका लागि लडिरहेको र ८० बर्षको हाराहारीमा आइपुग्दा बल्ल काङ्ग्रेसलाई जिताउन सफल भएको बताउनु हुन्छ उहाँ हाल नेपाली काङ्ग्रेस वडा सभापति हुनु हुन्छ ।
कम्युनिस्ट पार्टी देखि वाक्क भएर काङ्ग्रेस लाई जिताएको हैन भ्रष्ट नेताहरु देखि वाक्क भएर अमित ठकुरी लाई बिजयि गराएका हौ । उनको निस्कलन्क छवि सहयोगी र असल ब्यक्तीत्व मात्र नभएर पदमा नहुदा पनि बिकासका लागि पहल गरिरहने स्वभाव नै जीतको कारण रहेको स्थानीय मिथुन बहादुर बस्नेत भन्नू हुन्छ । १२७१ मतमा ५२२ मत प्राप्त गरि बिजयी भएका अमित ज्यु ठकुरीका प्रमुख प्रतिद्वन्द्वी एमालेका नरेन्द्र सुनुवार ३३८ मत प्राप्त गरेका थिए ।
युवाहरुलाई खेलकुदमा लाग्न सधै अभिप्रेरित गरिरहने बिद्रोही स्वाभाबका ३४ बर्षे युवा अमित ठकुरी जीत पछी आफ्नो पहिलो लक्ष्य शिक्षा सडक खानेपानी रहेको साथै कृषिमा आधारित आयमूलक ब्यबासाय नै परिबर्तनको लागि प्राथमिकता रहनेछ । मेरो कर्मले नै मलाई स्थापित गराउनेछ । जनताले म प्रती गरेको बिश्वास लाई घात हुन दिइनेछैन । जनतालाई रत्तिभर निरास हुन दिन्न । धर्म र सस्कृतिलाई आधार मान्दै बिबाद रहित भएर मेरो कार्यकाल सप्पन्न गर्नेछु । जीत पछि खुशी मनाउदै घरदैलो गर्ने कार्यक्रममा बृद्द बृद्दाहरुले आशीर्वाद दिदै ठकुरीको स्वभाव सेवा गर्ने हो सेवा गर्ने अबसर आएको छ मौका नगुमाउनु भन्दै आशिर्वाद दिएको थियो । ठकुरी सहयोग संजालको जिल्ला अध्यक्ष रहि सामाजिक सेवामा आबद्द हुनुहुन्छ ।

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ 0९:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

logo बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री Avatar photo नेपाली पत्र शुक्रबार, २०८० भदौ २९ गते, ११:१७ मा प्रकाशित राजनीति 3 Shares facebook sharing buttontwitter sharing buttonsharethis sharing button     काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले संविधान, बालबालिकासम्बन्धी कानुन र नीतिमा भएका कानुनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न सरकार अग्रसर रहेको बताए । विशेष संरक्षणको आवश्यक भएका बालबालिकाको संरक्षण र संवर्द्धन गर्न सम्बन्धित स्थानीय तहबाटै वैकल्पिक हेरचाह र परिवारिक सहयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले तीनै तहका सरकारले यस्ता बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताए ।  प्रधानमन्त्री दाहालले बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्द्ध्न गर्न÷गराउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गरेका छन् । बाल यौन दुव्र्यवहार, बालबालिकाविरूद्धको हिंसा, बालविवाह, बालश्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्यहरू हुन नसक्ने घरपरिवार, समुदाय, समाज र सिङ्गो नेपाल राष्ट्र निर्माण गर्नु हामी सबैको साझा दायित्व र कर्तव्य भएको उनको भनाइ छ ।  “यसका लागि तीनै तहका सरकारी तथा गैरसरकारी संस्थागत बाल संरक्षण संयन्त्रहरू, राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति र स्थानीय बाल अधिकार समितिहरूको संस्थागत स्रोतसाधनको विकास गरी क्रियाशील बनाउनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने ।  बालबालिकाको सर्वाङ्गीण विकासका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा रहेका निकाय, बालबालिकाका क्षेत्रमा कार्यरत दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायतलाई अनुरोध गर्दै उनले बाल अधिकारको संरक्षण तथा प्रवरद्धनका लागि थप क्रियाशीलताका साथ कार्य गर्न आग्रह गरेका छन् ।  प्रधानमन्त्री दाहालले राष्ट्रिय बाल दिवसका अवसरमा सम्पूर्ण बालबालिकाको सुखी, खुसी, समृद्ध र बालमैत्री जीवनयापनको कामना गर्दै उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन् । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ आज ५९औँ राष्ट्रिय बाल दिवस विविध कार्यक्रमका साथ देशभरि मनाइँदै छ ।