October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

ग्यास लिग भएर एक घरमा आगलागी हुदा लाखैकाे क्षेती

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ३, २०८० 0८:४४
ग्यास लिग भएर एक घरमा आगलागी हुदा लाखैकाे   क्षेती

बाजुरा–    गौमुल गा.पा.वडा न १ माडीकाे एक घरमा आगलागी भएर लाखाै काे क्षेती भएकाे छ ।गाैमुल गा पा वडा न १ माणी वस्ने महेन्द्र रोकायाको घरमा आगलागि भएकाे हाे ।
ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई  आगलागि भएकाे प्रहरीले जनाएकाे छ ।

अचानक आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा, जस्तापाता र काठ लगायतका सामानहरु गरि  दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।

घरको माथिल्लो तलाबाट खाना खाएर तल्लो तलामा सुत्न आएको बेला एकाएक आगलागी भएको बताईएको छ । आगलागीबाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायत जलेर पूर्ण रुपमा नष्ट भएको छ । उक्त घर जलेर करिब २लाख बराबर क्षेती भएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट कुनै मानवीय क्षति तथा पशु चौपायमा भने स्थानीयले तत्काल उद्दार गरेपछि क्षति हुनबाट बचेको छ ।

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन ३, २०८० 0८:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट